अक्सिजन प्लान्ट घोटाला प्रकरण : प्रस्ताव पेश गरेका ३ मध्ये २ कम्पनी एउटै घरका

  • भुमप्रकाश भण्डारी

५ जेठ, सल्यान । सल्यानमा भएको अक्सिजन प्लान्ट घोटाला प्रकरणमा नयाँ तथ्य फेला परेको छ । ४० लाखको अक्सिजन प्लान्ट खरिदको लागि टेन्डर गरेर ३८ लाख ९९ हजार मुल्यमा अक्सिजन कन्सन्ट्रेटर मेसिन ल्याएर जडान गरेपछि लाखौंको घोटाला भएको अुनमान गरिएको उक्त प्रकरण मिलेमतो गरिएको भएको आशंकालाई बल पुग्ने गरि नयाँ तथ्य जानकारीमा आएको हो ।

स्रोतका अनुसार जिल्ला अस्पताल सल्यानको लागि क्याट लग सपिङ बिधिबाट अक्सिजन प्लान्ट खरिद गर्न स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पौष १३ मा गरेको टेन्डरमा प्रस्ताव पेश गर्ने ३ कम्पनी मध्ये २ कम्पनी एउटै घरका नातेदारको रहेको खुल्न आएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले आह्वान गरेको टेन्डरमा नेपटेक मेडिकल सप्लायर्स काठड्माण्डौ, कणार्ली मेडिकेयर प्रालि नेपालगञ्ज र ड्रागन मेडिकल प्रालि सुर्खेतले प्राविधिक प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेका मध्ये कणार्ली मेडिकेयर प्रालि नेपालगञ्ज र ड्रागन मेडिकल प्रालि सुर्खेत एउटै घरका नातेदारको रहेको खुल्न आएको हो ।

कणार्ली मेडिकेयर प्रालि नेपालगञ्ज सल्यानमा अक्सिजन प्लान्ट बनाउने ठेक्का पाएको कम्पनी ड्रागन मेडिकल प्रालि सुर्खेतका संचालक गगन शाहीको सासुआमाको कम्पनी भएको स्रोतले बताएको छ । ड्रागन मेडिकल प्रालि सुर्खेतका संचालक गगन शाहीले पनि उक्त कम्पनी आफ्नो नातेदारको भएको बताएका छन । तर व्यवसायमा आफन्त पनि हुने भएकाले त्यस्तो कुरालाई जोड्न नहुने उनको भनाई छ ।

तर क्याटलग सपिङ विधि बाट सामान खरिद गर्न टेन्डर हुनु, ( जहाँ प्राविधिक प्रस्ताव मात्र पेश गरिन्छ, आर्थिक प्रस्ताव होइन । ) ३ वटा कम्पनीको मात्र प्रस्ताव पर्नु र प्रस्ताव पेश गरेका मध्ये २ कम्पनी एउटै घरका नातेदार हुनुले मिलेमतोमा काम भएको र उक्त प्रक्रियामा स्वास्थ्य सेवा कार्यालयका कर्मचारी मतियार भएको अनुमान गरिएको छ । जहाँ ड्रागन मेडिकल प्रालि सुर्खेतलाई ठेक्का दिलाउन अन्य २ कम्पनीलाई सपोर्टिङ फाईलको रुपमा मात्र पेश गरिएको बुझिएको छ ।

त्यस्तै उक्त घोटाला प्रकरणमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको संलग्ता रहेका अनुमान गरिएको छ । अक्सिजन प्लान्टको लागि भएको टेन्डर प्रक्रियाको प्राविधिक स्पेशिफिकेशन बनाउन निर्देशनालयका बायोमेडिकल ईन्जिनियर राकेश कुमार साह संलग्न भएका थिए ।

विक्रेता कम्पनीले स्पेशिफिकेशन अनुसारकै सामान ल्याएको दावि गरेको वेला बायोमेडिकल इन्जिनियरले किन अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर मेसिनको लागि स्पेशिफिकेशन बनाए भन्ने कुरा शंकास्पद छ । यति मात्रै नभएर कणार्लीका अन्य ८ वटा जिल्लामा पनि सोही खालको स्पेशिफीकेशन तयार हुन र सल्यानमा ठेक्का पाएका र प्रस्ताव पेश गरेका मध्येकै कम्पनीहरुले अन्य जिल्लामा पनि ठेक्का पाउनुले यि घटना एक अर्काे सँग जोडिएको र सेटिङमै काम भएको सहजै अनुमान गर्न सकिने नेकपा रुकुम पश्चिमका युवा नेता नरेन्द्र विकले बताउछन ।

सुर्खेत र जुम्ला बाहेका कर्णालीका अन्य ८ जिल्लामा अक्सिजन प्लान्ट भनेर सल्यानमा जस्तै कन्सन्ट्रेटर मेसिन टेन्डर गरेर खरिद गरिएको बुझिएको छ ।

पाईप लाईन निशुल्क जडान गरेको ठेक्केदारको भनाई

त्यस्तै सल्यानमा कन्सन्ट्रेटर मेसिन जडानको लागि १८ लाख बजेट थियो । कोभिडका बिरामीलाई अक्सिजन अभावका कारण हतारहतारमा पाईप लाईन जडान गर्नूपरेकाले उक्त १८ लाख बजेटलाई टेन्डर नगरि सिधै काम गराएको बताएको स्वास्थ्य सेवा कार्यालय सल्यानले सुरुमा जडान खर्च सहित ५१ लाख लागत लागेको बताएको थियो ।

पछि अनियमितता भएको सामाचार सार्वजनिक भएपछि उक्त कुरा सच्याउदै टेनडर नभएको र खर्च एकिन नभएको ले यति नै खर्च भन्न नसकिने बताएको थियो । तर उक्त कुरामा नयाँ ट्विस्ट आएको छ । उक्त अक्सिजन कन्सन्ट्रेटर मेसिन ल्याउने ठेक्का पाएको कम्पनी ड्रागन मेडिकल प्रालिले उक्त मेसिन जडान निशुल्क गरेको जनाएको छ ।

कम्पनीका संचालक गगन शाहीले जिल्ला अस्पताल सल्यानमा १० वेडमा निशुल्क अक्सिजन पाईप लाई जडान गरेको बताएका छन् । आफ्नो नकारात्मक कुरा मात्र मिडियामा आएको गुनासो गर्दै उनले कोभिडको जोखिमको बिच पनि आफुहरुले बिरामीको वेडसम्म अक्सिजन पाईपलाईन जोडेर बिरामीको ज्यान बचाएको कुरालाई पनि नबिर्सन अनुरोध गरेका थिए ।

सुरुमा २ – ३ वेडको लागि मात्र पाईपलाईन जडान गर्न सहमति भएको भएपनि केही नेताहरु र अस्पताल प्रशासनको अनुरोधमा १० वेडको लागि अक्सिजन पाईप लाई जडान गरिदिएको र उक्त जडान प्रक्रियाको कुनै खर्च नलिने उनले बताएका छन ।

छानबिन गर्न समिति गठन तर काम सुरु गर्ने टुङगो नै छैन

त्यस्तै स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सिजन प्लान्ट खरिद प्रकरणमा भएको अनियमितता बारे छानबिन गर्न बनेको समितिले कहिले बाट छानविन सुरु गर्ने भन्ने नै टुङ्गो लागेको छैन ।

अक्सिजन प्लान्ट जडानको लागि टेन्डर गरेर अक्सिजन कन्सन्ट्रेटर मेसिन किनेर उद्घाटन गरेपछी उक्त प्रक्रियामा लाखौं चलखेल भएको आशंका गरिएको छ । छानबिनको लागि जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी परेपछि जेठ २ गते छानविन गरेर सत्य तथ्य सार्वजनिक गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ४ सदस्यीय समिति बनेको छ ।

समितिको सदस्यहरुमा कोलेनिकाका प्रतिनिधि, शानपा का स्वास्थ्य शाखा प्रमुख र एकजना बायोमेडिकल इन्जिनियर रहने बताईएको थियो । तर उक्त समितिका ३ जना सदस्य सल्यानमै भएपनि एकजना बायोमेडिकल ईन्जिनियर उपलब्ध नभएकोले काम सुरु नभएको हो ।

बायोमेडिकल इन्जिनियर ल्याउनको लागि कार्डिनेशन भैरहेको तर उपलब्ध नभएको प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवि हुमागाई खतिवडाले बताईन । एकदुई दिन भित्र बायोमेडिकल ईन्जिनियर ल्याएर छानविन सुरु गरिने उनको भनाई छ । स्वास्थ्य सेवा कार्यालय बाट टेन्डर सम्बन्धी कागजात जिल्ला प्रशासन कार्यालय सल्यानमा ल्याइसकेको उनको भनाई छ ।

छानविन समितिमा नागरिक समाजको प्रतिनिधि खै ?

उक्त ४ सदस्यीय छानविन समितिमा नागरिक समाजको कुनै पनि प्रतिनिधित्व भएको छैन । ४ सदस्यीय समिति बिशुद्ध कर्मचारी संयन्त्र बाट मात्र चयन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको ४ सदस्यीय छानविन समितिमा कोष तथा लेखा नियन्त्रण कार्यालय बाट एक जना प्रतिनिधि, शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र एक जना बायोमेडिकल ईन्जिनियर रहने व्यवस्था गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सिजन प्लान्ट खरिद प्रकरणमा भएको अनियमितता बारे छानबिन गर्न बनेको समितिले कहिले बाट छानविन सुरु गर्ने भन्ने नै टुङ्गो लागेको छैन । अक्सिजन प्लान्ट जडानको लागि टेन्डर गरेर अक्सिजन कन्सन्ट्रेटर मेसिन किनेर उद्घाटन गरेपछी उक्त प्रक्रियामा लाखौं चलखेल भएको आशंका गरिएको छ ।

त्यसमा पनि नागरिक समाजको प्रतिनिधित्व बिना नै बनेको छानविन समिति प्रति सरोकारवालाहरु विस्वस्त हुन सकेका छैनन । उक्त घोटाला काण्डको सुरुदेखि नै चासो दिईरहेका पूर्व जिविस सभापति मनोज प्रधानले नागरिक समाजको प्रतिनिधि विनाको छानविन समितिको कुनै अर्थ नभएको बताएका छन । नागरिक समाज सहितको स्वतन्त्र छानविन समिति गठन गर्नुपर्ने उनको माग छ ।

त्यस्तै जिल्लाका अन्य बिभिन्न सरोकारवाला र बुद्धिजिविले पनि नागरिक समाज सहितको छानविन समिति गठन गर्नूपर्ने बताउदै आएका छन ।

भ्रमको समाचार पछि नलाग्न अनुरोध

त्यसै स्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्ला अस्पताल सल्यानको लागि खरिद गरेको अक्सिजन कन्सन्ट्रेटर मेसिनको विषयमा सामाजिक संजाल र मिडियाहरुमा भएको प्रचारबाजि बारे ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार कार्यालयका कर्मचारी र जिल्ला अस्पतालका डाक्टरहरुले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परिसकेको र सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा छानबिन समिति गठन भइ सकेकोले सत्य तथ्य कुरा बाहिर नआउदा सम्म सामाजिक संजालमा कुनै प्रकारका आरोप र लान्छना नलगाउन आतंक सिर्जना नगर्न र भ्रमको समाचार पछि नलाग्न अनुरोध गरिएको छ ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…