भारतीय नागरिक बोकेर नेपाल एअरलाइन्सको जहाज साउदी अरेविया जाँदै

काठमाण्डाै । नेपालमा रहेका भारतीय नागरिकलाई उद्धार गरेर साउदी अरेविया लैजान आज पनि दुई वटा उडान हुँदैछन् । आज नेपाल एअरलाइन्सले साउदीको रियाद र दमामको लागि दुई वटा उडान गरेर भारतीय नागरिक लैजान लागेको हो ।

यसअघि हिजो हिमालय एअरलाइन्सले तीनवटा र नेपाल एअरलाइन्सले दुई गरी पाँच वटा उडानमार्फत भारतीयलाई साउदी लगिएको थियो । निषेधाज्ञा अघि नै नेपाल आएर अड्किएका भारतीयलाई साउदी लैजान नेपाल नागरिक उड्डयन प्राधिकरणले १० वटा चार्टड उडानको अनुमति दिएको छ ।

आजै दिल्ली–काठमाण्डौ एउटा चार्टड उडान हुँदैछ । यसैबीच आज पनि नेपाल एअरलाइन्सले चीनबाट अक्सिजन सामग्री ल्याउँदैछ । सिलिन्डरसहितका सामग्री बोकेको वाइड बडी जहाज दिउँसो दुई बजेर पाँच मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ । यस्तै आजै राति नेपाल एअरलाइन्सको जहाज चीनको सेन्झेन जाँदैछ । आजै हिमालय एअरलाइन्स र चीनको सिचुवान एअरले पनि उद्धार तथा सामग्री आपूर्तिको लागि चार्टड उडान गर्दैछन् ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…