नाफाखोर निगमः महामारीमा घाटा देखाएर इन्धनको मूल्यवृद्धि

४ जेठ, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार डिजेल, मट्टितेल र पेट्रोलमा २‍-२ रुपैयाँ मूल्य बढायो । महामारीकै बीचमा विज्ञप्ति निकाल्दै निगमले भन्यो, ‘मूल्य समायोजनपछि…. सामान्य बिक्रीको अवस्थामा पाक्षिक रुपमा निगमलाई ११० करोड घाटा हुने देखिन्छ ।’ वास्तविकता भने १५ दिनमा यत्रो घाटा हुने अवस्था छैन । कोरोना महामारीका कारण अहिले निगमको बिक्री सामान्य अवस्थाको जस्तो छैन । महामारीमा पनि माग थोरै मात्र घटेकोले एलपीजी ग्यासमा भने १५ दिनमा करिब ५४ करोड घाटा हुने देखिन्छ ।

निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर ८.५६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४.४६ र ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा छ । तर, महामारी नियन्त्रण गर्न जिल्लाहरुमा जारी निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थ (तेल)को माग खुम्चिएको छ । निगमले पुरानै माग र आपूर्तिको आधारमा हिसाब गरेर धेरै घाटा हुने देखाएको छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार अहिले डिजेलेको बिक्री ५० प्रतिशत घटेको छ । निषेधाज्ञाअघि दैनिक ७ हजार किलोलिटरभन्दा बढी बिक्री हुने डिजेल अहिले ४ हजारदेखि ४२ सय किलोलिटरसम्म झरेको उनले बताए ।

त्यसैगरी पेट्रोलको बिक्री पनि ५० देखि ६० प्रतिशत कम भएको छ । सामान्य अवस्थामा २५ सय किलोमिटरसम्म बिक्री हुने पेट्रोल अहिले १०० देखि १२ सय किलोलिटर बिक्री भइरहेको छ । १६ वैशाखमा निषेधाज्ञा लागू भएपछि निगमले १९ गते विज्ञप्ति निकालेर ‘१०० करोड घाटा लाग्ने अवस्था रहेपनि नागरिक हितका लागि मूल्य समायोजन नगर्ने’ भनेको थियो ।

निगमका अनुसार, त्यसबेला पेट्रोलमा प्रतिलिटर ८.७६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.४२ र ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा थियो । जबकि, डिजेल र पेट्रोलको माग घटिसकेकाले त्यसबेला पनि निगमलाई १५ दिनमा १०० करोड घाटा हुने अवस्था थिएन ।

भर्खरै प्रकाशित

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि…

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…