नेपालले चार्टर उडानको भाडा महँगो असुलेएपछि भारतीय दूतावासले लेख्यो सरकारलाई पत्र

काठमाडौँ  । नेपालको हवाई बाटो भएर साउदी र दमाम जान निषेधाज्ञाअघि काठमाडौं आइ अलपत्र परेका कम्तीमा २ हजार भारतीय नागरिकसँग चार्टर भाडा चर्को लिइएपछि भारतीय दूतावासले नेपाल सरकारलाई पत्र पठाउँदै गुहार मागेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले सोमबार नेपाल सरकारलाई लेखेको पत्रमा टिकट बिक्री गर्ने नेपाली ट्राभल एजेन्सीहरुको छाता संगठन नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का केही सदस्य ट्राभल एजेन्टले टिकटमा अत्यधिक कमिशन शुल्क लिइरहेकाले हस्तक्षेप गर्न अनुरोध गरेको छ । यी भारतीय नागरिकलाई साउदी अरबको दमाम र रियादसम्म चार्टर उडानबाट पुर्‍याउन नेपाल सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई केही दिनअघि अनुमति दिएको थियो ।

काठमाडौं हब भएका यी दुवै वायुसेवाका लागि टिकट बिक्री गर्ने एजेन्टले चर्को भाडा उठाएपछि भारतीय नागरिकहरुले दूतावासमा गुनासो गरेको उच्च स्रोतले उपलब्ध गराएको पत्रमा लेखिएको छ । पत्रमा उल्लेख भएअनुसार, नेपाल सरकारले वैशाख १६ देखि लागू गरेको निषेधाज्ञाका कारण साउदी अरेबियाका विभिन्न श्रम गन्तव्यमा जान काठमाडौं आइ फसेका आफ्ना नागरिकका लागि वैशाख २९ गते चार्टर उडान खुलाइदिन दूतावासले नेपाल सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरेको थियो ।

दूतावासको अनुरोध प्राप्त भएको भोलिपल्ट वैशाख ३० गते नै नेपाल सरकारले दूतावासको अनुरोधलाई अुनमोदन गरिदिएको थियो ।‘नेपाल सरकारले नेपालमा रहेका नेपाल वायुसेवा र हिमालय एयरलायन्समार्फत भारतीय नागरिकहरुले नेपाल टुर एण्ड ट्राभल एजेन्ट नाट्टाका सदस्यमार्फत टिकट खरिद गर्न सक्ने बाटो खुला गरिदिएको’ दूतावासको पत्रमा छ ।

यसैअनुसार मंगलबारदेखि भारतीय यात्रुहरुका लागि चार्टर उडान सुरु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, मंगलबार भारतीय नागरिकका लागि हिमालय एयरलायन्सले तीनवटा दमाम र नेपाल वायुसेवा निगमले एउटा दमाम र अर्को रियादका लागि चार्टर उडान गर्दै छ ।

दूतावासले भारतीय यात्रुहरुबाट महँगो भाडाबारे गुनासाहरु आइरहेको उल्लेख गर्दै ‘घरबाट टाढा आएर अलपत्र परेका आफ्ना नागरिकहरुलाई महामारीका बेला यसले थप व्यक्तिगत र वित्तीय कठिनाई’ निम्त्याएको पर्यटन सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई लेखिएको पत्रमा उल्लेख छ ।

दूतावासले नेपाल सरकार र तालुक निकाय पर्यटन मन्त्रालयलाई यस विषयमा तत्काल हस्तक्षेप गरेर तोकिएअनुसार लाग्ने हवाई भाडादर लागू गर्न अनुरोध गरेको छ । पर्यटन मन्त्रालयका दुई जना अधिकारीहरुले सचिव कोइरालासमक्ष दूतावासको पत्र आइनपुगेको जानकारी दिए ।

टिकट बिक्री गर्ने नाट्टाका कार्यवहाक अध्यक्ष बिनय बस्नेतले दूतावासले नाट्टालाई पनि यस विषयमा जानकारी गराएको बताए । ‘दूतावासले हामीलाई फोन र इमेलबाट यस विषयमा जानकारी दिएको छ,’ बस्नेतले कान्तिपुरसँग भने, ‘यस विषयमा हामीले कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका निकायमा जानकारी गराएका छौं ।’ उनले पर्यटन मन्त्रालयले पारदर्शी तरिकाले उडानबारे गरेका निर्णय बेलैमा सार्वजनिक नगरेका कारण केही एजेन्टले बदमासी गरेको हुन सक्ने बताए ।

गत वर्ष पनि चार्टर उडानमा अत्यधिक भ्रष्टचार, कालाबजारी लगायतका विकृति फैलिएकाले नियमित उडान सुचारु गर्न पर्यटन सचिव यादव कोइरालालाई ज्ञापन दिएको बताउँदै बस्नेतले बुधबार नाट्टाका पदाधिकारी र सचिवबीच भेट गर्ने कार्यक्रम तय भएको बताए ।

नाट्टाले कुनै पनि वायुसेवा कम्पनीलाई चार्टर उडान अनुमति नदिन, प्राथमकितामा रहेका गन्तव्यमा नेपाल वायुसेवा निगमको उडान सुचारु गर्न, जेठ ११ देखि स्वास्थ्य मापदण्डको पालना गर्दै अन्तर्राष्ट्रिय उडान नियमित सुचारु गर्न सकारलाई ज्ञापनमार्फत माग गरेको छ ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…