यी जुम्ल्याहा दाजुभाइ केही मिनेटको अन्तरमा जन्मिए, केही घन्टाको फरकमा बि’ते

भारतमा अहिले कोरोनाभाइरसको दोस्रो लहर फैलिरहेको छ। लाखौं मानिस संक्रमित भएका छन् दैनिक चार हजार मानिसले ज्या’न गुमाइरहेका छन्।

महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो। आइटी इन्जिनियर दुबै जनाको अघिल्लो दिन बर्थडे थियो। सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएकी थिइन्।

जुम्ल्याहा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे। दुबैले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने। दुबै जना हैदरावादमा काम गर्थे। केही समयपछि उनीहरू काम गर्न विदेश जाने सोचमा थिए।

बुवा राफेलका अनुसार २४ औं जन्मदिन मनाएका उनीहरूलाई आएको ज्वरो निको नभएपछि मे १ मा उनीहरूलाई अस्पतालमा भर्ना गरियो। दुबै जनाको शरीरमा अक्सिजनको मात्रा निकै घटेको थियो।

आनन्द अस्पतालको कोभिड वार्डमा उनीहरूको उपचार भयो। अचानक मे १३ मा सोजालाई अस्पतालबाट फोन आयो। उनका एक जना छोराको कोरोनाले मृ’त्यु भएको जानकारी दिइयो।

‘ऊ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो- अब अर्को छोरा पनि बाँच्दैन। किनकी उनीहरू छुट्टिनै नसक्ने थिए,’ राफेलले भने। नभन्दै त्यस्तै भयो। केही घन्टा नबित्दै सोही अस्पतालमा उपचार भइरहेका अर्का छोराको पनि मृ’त्यु भयो।

‘कोरोनाले हाम्रो परिवार ध्वस्त बनाइदियो। मलाई थाहा छैन भगवानले किन हामीजस्ता मान्छेलाई नै यस्तो गर्छ,’ राफेलले भने,‘मलाई आशा छ- दाजुभाइ अहिले पनि सँगै होलान्।’

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…