अक्सिजन नपाएर छट्पटाइरहेकाहरूका लागि सिलिन्डर लिएर अस्पताल पुगे धुर्मुस

जनकपुरधाम । अक्सिजन नपाएर अस्पतालको बेडमा छट्पटाइरहेकाहरूको जीवन रक्षाका लागि हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) सिलिन्डर लिएर अस्पताल पुगिरहेका छन्। आफूलाई हास्यकलाकार बनाएर विश्वमा चिनाउने दर्शकको जीवनरक्षाका लागि खटिएको धुर्मुसले बताए।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पतालका लागि ५० वटा सिलिन्डरमा अक्सिजन भरेर अस्पताललाई हस्तान्तरण गरेका छन्। कोरोना महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्षको स्थापना गरेर धुर्मुस खटिएका हुन्।

‘महामारीका बेलामा मानवताभन्दा ठूलो अरूको केही छैन। हाम्रो सानो प्रयासले कसैको ज्यान बच्छ भने हामी किन सहयोगी नबने ?,’धुर्मुसले भने,‘यो बेला आफू पनि बच्नु र अरूलाई पनि बचाउनु मानवीय धर्म र कर्तव्य हो।त्यहीभएर जे, जे अभाव र आवश्यकता छ त्यसका लागि सहयोगी बन्न हिँडेको हुँ।’महोत्तरीको बर्दिबासमा अक्सिजन प्लाट स्थापना गर्ने योजनामा रहेको उनले बताए।

आत्मबल बढाउनु, सकारात्मक कुरा सोच्नु, पोषिलो खानु, डर र त्रासबाट विचलित नहुन कोरोना संक्रमितलाई धुर्मुसले आग्रह गरेका छन्। ‘स्वास्थ्य सुरक्षाका मापदण्डपालना गर्दै स्वयम् अनुशासित हुनु नै महामारीबाट बच्ने औषधि भएको सम्पूर्ण दर्शकलाई हार्दिक अनुरोध गर्दछु’, धुर्मुसले भने,‘कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई म सलाम गर्न चाहन्छु।’यतिखेर सबैले मानवता देखाउने समय आएकाले सबैलाई राहत र उद्धारमा जुट्न उनले अपिल गर्दै उनले थपे,‘म यतिखेर शुद्ध जनताको सेवक बन्न अघि बढेको हुँ।’

चितवनका जुझारु युवाको सक्रियतामा उनको टिमले एम्बुलेन्स सेवा, रक्तदान सेवा, मेडिकल काउन्सिलिङ सेवा दिइरहेको छौं। हालसम्म यहाँबाट आठ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको छ भने देशको केन्द्रीय भरतपुर अस्पताललाई आवश्यक महत्त्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेका छन्।

चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानमा जुटिरहेका धुर्मुस केही सातायता कोरोना महामारी नियन्त्रणमा सक्रिय छन्। महाभूकम्प,बाढीपहिरोमा राहत तथा उद्धारमा खटेर चर्चा कमाएका धुर्मुस फेरि एकपल्ट कोरोना महामारी नियन्त्रणमा खटिएका हुन्।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…