बादलको पक्षमा मतदान गर्न एमालेको ह्वीप, राप्रपाले पनि मत दिने

काठमाडौं। नेकपा एमालेले बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचन‍मा रामबहादुर थापामगर ‘बादल’लाई मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिँदै प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/ उप्रमुखका पत्र पठाएका हुन्।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क, रामबहादुर थापामगर भएको जानकारी गराइन्छ।’ पत्रमा भनिएको छ, ‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’

बागमती प्रदेश कमिटी बोधार्थ दिइएको पत्रमा कोरोना पिसिआर टेष्टको प्रमाण अनिवार्य लिएर आउन आग्रह गरिएको छ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने बताएको छ। आयोगले निर्वाचनको दिन मतदान स्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधिभित्रको कोभिड १९ संक्रमण भए/नभएको पीसीआर रिपोर्ट ल्याउनु पर्ने अनिवार्य गरेको छ।

राप्रपाले पनि मत दिने

ष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिने निर्णय गरेको छ।

पार्टीका नेता मोहन श्रेष्ठले सेतोपाटीलाई दिएको जानकारीअनुसार बादललाई मत दिन नेकपा एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय भएको हो।

बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट बिजयी भएका थिए। एमाले प्रवेशसँगै उनलाई माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।

यहाँ माओवादी, नेपाली कांग्रेसलगायतको समर्थनमा खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार छन्।

‘एमालेबाट उपनिर्वाचनमा बादललाई मतदान गरी सहयोग गर्न अनुरोध आएकोले राप्रपाका प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मतदान गर्न जानकारी गराइन्छ,’ राप्रपाले भनेको छ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…