दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन् सबै काम

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका लागि बस्ने ठाउको व्यवस्थापन, कहिले डिउटी व्यवस्थापन यस्तैमा वलीको दैनिकी बित्ने गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका – १७ मा रहेको कोरोना विशेष अस्पताल युवाकै काधमा छ । त्यहा कार्यरत अधिकांश युवा पुस्ताकै हुनुहुन्छ एकाधबाहेक । अस्पतालका कार्यरत डाक्टर कमल खडका उमेरले तीस वर्ष पुग्नुभयो ।

उहाको दैनिक बिरामीको हेरचाह, आफन्तहरुलाई सल्लाहमै बित्छ । कोभिड अस्पतालमा कार्यरत रहेको एक वर्षभन्दा बढी पुग्यो । उहाका कुनै दिन यस्ता पनि छन् २४ घण्टामा एकक्षण समेत आराम गर्न पाउनुभएको छैन ।

यस पेशामा आबद्ध भएको पाच वर्ष पुग्यो यो अवधिमा सबैभन्दा बढी क्रियाशील बितेका एक वर्षमा रहनुभयो ।

खडका भन्नुहुन्छ – पहिले बिरामी बचाउने कुरा प्राथमिकता हो, हामी उहाहरुका लागि दिनरात भन्दैनौ सायद उमेरले साथ दिएरनै होला ।

त्यहा रहेका संक्रमितका आफन्त रवीन पोखरेलले भन्नुभयो “यी जोशिला युवा डाक्टर, नर्सहरुको सेवा देखेर म निकै प्रभावित छु ’उहाहरु सबै संक्रमितहरुलाई समान व्यवहार गर्नुहुन्छ, बढी जोखिममा जो हुनुहुन्छ उहाहरुलाई पहिलो प्राथमिकता दिएर सेवा गर्नुहुदो रहेछ यो निकै सकारात्मक पक्ष हो ।

साच्चिकै उहाहरुको सेवा देख्दा युवाहरुकै हातमा यो संक्रमणबाट जोगाउन सकिन्छ कि भन्ने लागिहेको छ–पोखरेलले भन्नुभयो । अस्पताल व्यवस्थापन समितिका सदस्य विनयकुमार पोखरेल भन्नुहुन्छ –यदि यो अस्पताल युवाको काधमा हुदैनथ्यो भने हामीले

चाहेको सेवा दिन सक्ने थिएनौ । न गासको व्यवस्था छ, न बासको तर अहोरात्र खटिने युवा जोश जाँगर नभएको भए सेवा दिन कठिन हुने थियो । उहा भन्नुहुन्छ – सधै सकारात्मक सुझाव दिनुहुन्छ , अभावमा कहिल्यै हतोत्साहित हुनुहुन्न, सदैव बिरामी कसरी बचाउने र घर फर्काउने भन्ने मात्र ध्येय राख्नुहुन्छ ।

२१ वर्षिया समीक्षा रिजाल बुवा आमाकी एक्ली सन्तान हुनुहुन्छ । रिजालले भन्नुभयो–अस्पतालमा त पानी पिउने पनि फुर्सद हुदैन तर घरमा आएपनि बिरामीका आफन्ती र घरमै बसेका संक्रमितहरुलाई सल्लाह सुझाव दिदैमा समय बित्छ ।

बुवा आमा अब काम नगर छोरी भन्नुहुन्छ तर यस्तो कठिन अवस्थामा आफ्नो पेशाबाट अलग हुन मनले मान्दैन ।

अस्पतालका व्यवस्थापक द्रोण वली भन्नुहुन्छ –एउटा कुनै भौतिक पूर्वाधार नभएको क्याम्पसमा आइसियु बेडसहितको अस्पताल सञ्चालन गर्नु यो चानेचुने कुरै होइन । तीन तहको सरकारको सहयोग साथले मात्रै सञ्चालन हुन सकिरहेको छ ।

उहाले भन्नुभयो–यहाँ कार्यरत डाक्टर, नर्स, ल्याब, व्यवस्थापक, कार्यालय सहयोगी अधिकाशं युवाहरु छौं । व्यवस्थापक वलीका अनुसार हालसम्म अस्पतालबाट आठ सय संक्रमित निको हुनुभएको छ भने एक सय १५ जना जनशक्ति कार्यरत हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारले एक सय ७१ जना जनशक्ति अस्थायी दरबन्दी व्यवस्था गरेको छ ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…