ललितपुरमा करिब ३०० अक्सिजन सिलिण्डर बेवारिसे अवस्थामा भेटियो

ललितपुरको मल पोखरीस्थित खाली जग्गामा त्यत्तिकै फालिएको अवस्थामा अक्सिजन सिलिण्डर फेला परेका छन् । मल पोखरीस्थित खाली जग्गामा करिब ३०० थान अक्सिजन सिलिण्डर बेवारिसे अवस्थामा भेटिएको हन्ड्रेड्स ग्रुपका संयोजक अंशु यादवले जानकारी दिए ।

मल पोखरीनजिकै बस्ने एकजना साथाीले सिलिण्डरबारे जानकारी गराएपछि आफूहरू त्यहाँ पुगेको अंशुले बताए । त्यहाँ पुग्दा त्यत्तिकै फालिएको अवस्थामा रहेको उनको भनाइ छ । छरछिमेकमा सोधपुछ गर्दा कोही घरबाट मानिसहरू बाहिर ननिस्केका कारण सिलिण्डर कसको हो भन्ने पत्ता लगाउन नसकेको उनले जानकारी दिए।

‘सिलिण्डरका लागि वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने, स्थानीय प्रशासनको अनुमति लिनुपर्ने भनिरहेका छन् । अब सबै प्रक्रिया पूरा गरेर त्यहाँ जादैंछौं ।’ अंशुले भने।

पछिल्लो समय कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भइरहेको छ । हरेक अस्पतामा अक्सिजनको अभाव भइरहेका बेला ठूलो परिणाममा बेवारिसे अवस्थामा सिलिण्डर फेला परेपछि आफूहरू त्यसको व्यवस्थापनतिर लागेको उनको भनाइ छ । सबै सिलिण्डर राम्रै अवस्था रहेको यादवले जानकारी दिए। स्थानीय तहसँग समन्वय गरेर ती सिलिण्डरमा अक्सिजन भरेर अस्पताल तथा बिरामीलाई उपलब्ध गराइने यादवले बताए।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…