अब संक्रमणको मुख्य केन्द्र बैंकहरु बन्ने खतरा

तुलसीपुर । एक हप्ताको पूर्ण लकडाउनपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यकीय कामका लागि भनेर गत बैशाख २५ गतेदेखि जिल्लाका विभिन्न शहरमा रहेका बैंकहरुलाई हप्तामा दुई दिन खुलाउने निर्णय ग¥यो । आज आइतबार लकडाउन अवधिका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको निर्देशनअनुसार राष्ट्रिय वाणिज्य बैंकलगायत जिल्लाका अन्य १४ वटा बैंक खुल्ने दिन ।

बैंक खुल्न अझै एक घण्टा बा“की हु“दा तुलसीपुरस्थित राष्ट्रिय वाणिज्य बैंकको प्रांगणबाट शुरु भएको लाइन वीपीचोकसम्म आइपुगेको थियो । स्यानिटाइजरको प्रयोग, हातमा ग्लोब्स, फेससीलका कुरा छोडौं । भौतिक दूरीको हेक्कासम्म थिए न कसैलाई । सावधानीका नाममा मात्रै मुखमा मास्क, त्यो पनि कसै कसैले चिउ“डोमा लगाएका देखिन्थे । गेटैमा उभिएका बैंकका गार्डको हातमा ज्वरो नाप्ने मेसिन थियो । सेनिटाइजरसम्मको व्यवस्था पनि थिएन । तुलसीपुरका सबै बैंकको हालत यही हो ।

कोहीलाई संक्रमण हुने डरका बावजुद पनि बैंकसम्म जानैपर्ने बाध्यता छ भने केही संक्रमणको डरले खुम्चिएर बसेका पनि छन् । यतिबेला तुलसीपुर–१९ कि हरिकला बुढा लाइनमा हुनुहुन्छ । उहा“ भन्नुहुन्छ– ‘लकडाउनअघि जोहो गरेको दाल, चामल सकियो । गाउ“का पसलमा पाइन्न, बजारमा उधारो दिन्नन् । खान त प¥यो, त्यै भएर डराई–डराई भए पनि

लाइन लाग्नुप¥या छ ।’ तुलसीपुर–७ कि पद्मा पराजुलीका श्रीमान्ले लकडाउन भएलगत्तै विदेशबाट पैसा पठाउनुभयो तर उहा“ हालसम्म पनि पैसा निकाल्न जानुभएको छैन । ‘पैसा आएर पनि फर्किने बेला भइसक्यो होला । बैंकमा भीड धेरै हुन्छ रे, आजभोलि । यस्तो डर छ, अब लकडाउन खुलेपछि जानुपर्ला ।’

प्रशासनको निर्णयमा एक चौथाइ कर्मचारी मात्र उपस्थित भएर काम गर्ने भन्ने छ तर सम्पूर्ण कर्मचारी उपस्थित हु“दा पनि सेवा दिन गाह्रो भइरहेको छ । यो महामारीको बेला हो, राज्यका विभिन्न निकायका कर्मचारी तथा प्रहरी प्रशासनका व्यक्तिहरु समेत तलबी खाताको पैसा झिक्न चेक बोकेर आउने गरेका छन् । ‘कमसेकम कर्मचारीहरुले त डिजिटल प्रविधिको प्रयोग गर्दिनुस् ।

कर्जाको बारेमा बुझ्न आउने, चेक बनाउन आउनेहरु हुनुहुन्छ । तपाइ“हरु यो महामारीपछि आउ“दा पनि केही बिग्रन्न’– राष्ट्रिय वाणिज्य बैंक तुलसीपुरका कर्मचारी नारायण भण्डारी भन्नुहुन्छ– ‘हामी त भन्छौं, यस्तो बेला सकभर भीडभाड हुने ठाउ“मा नआउनुस् । आउनै परे सुरक्षा सावधानी अपनाएर आउनुस् । कलम आफैस“ग लिएर आउनुस्, सानो भा“डोमा भए पनि स्यानीटाइजर आफैले लिएर आउनुस् । बैंकमा यी कुराहरुको सुविधा त छ तर पनि आफ्नो सुरक्षा आफै गर्ने बेला हो यो ।’

सरकारले अत्यावश्यकीय काममा बाधा नहोस् भनेर यो निर्णय लागु गरेको हो तर खाता खोल्ने, डिम्याड खाता बनाउने जस्ता साधारण काम लिएर पनि मान्छेहरु बैंक जाने गरेका छन् । ‘संक्रमण डर तपाइ“हरुबाट हामीलाई भन्ने मात्रै हैन, हामीबाट तपाइ“हरुलाई पनि हुन सक्छ । त्यसैले अनिवार्य आवश्यकतामा मात्रै बैंकसम्म आउनुस्’– एनआईसी एशिया बैंकका तुलसीपुर शाखा प्रमुख रमेश रेग्मी भन्नुहुन्छ– ‘केही कामहरु छन्, जो यो महामारीपछि पनि गर्न सकिन्छ । डिजिटल प्रविधि अपनाएर घरबाटै पनि गर्न सकिन्छ, त्यस्ता कामका लागि जोखिम नमोल्नुस् ।’

यतिबेला कोभिड संक्रमण तीब्ररुपमा बढिरहेको छ । हस्पिटलहरुमा बिरामी राख्ने ठाउ“सम्म छैन । अक्सिजनको अभाव छ तर दिनहु“ बैंकबाहिर लाग्ने भीड हेर्दा लाग्छ मानौं यहा“ केही भएकै छैन । यो विषयमा हेलचक्र्याइ“ गर्ने हो भने भोलि संक्रमणको मुख्य केन्द्र बैंकहरु नै बन्ने निश्चित छ । सम्भावित घटना भएमा दोषी को, सरकार कि जनता ? बेलैमा सबै सचेत बनौं ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…