कोभिड भ्याक्सिन लगाउनु भएको छैन ? यसरी अनलाइनबाटै बुझाउनुहोस् आवेदन फारम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना व्यवस्थापन ईकाईको निर्णयअनुसार कोभिड १९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरुले आफैंले प्रि-रजिस्ट्रेसन फारम भर्न तथा भराउनका लागि वेबसाइट र एप तयार पारिएको छ ।

मन्त्रालयका अनुसार यो स्वेच्छिक फारम भरेका व्यक्तिहरूले प्राथमिकता र खोपको आधारमा खोप लगाउन पाउनेछन् । ‘यो फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरूलाई भर्न आह्वान गरिएको छ,’ मन्त्रालयको सूचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिकास्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्था गर्नका लागि सहज हुनेछ । याे सेवा लिन स्वास्थ्य मन्त्रालयकाे याे वेबसाइट भिजिट गर्नुहाेस् । त्यहाँ रहेकाे स्वयं आवेदन दर्ता, अन्य व्यक्तिमार्फत आवेदन दर्ता, संस्थामार्फत आवेदन दर्तामध्ये एक विकल्प छनाैट गर्नुहाेस् । त्यसपछि मागिएकाे विवरण भरेर पेश गर्नुहाेस् ।

पेश गरिसकेपछि दर्ता कार्ड वा दर्ता नम्बर र तपाईंको परिचय खुल्ने परिचयपत्रसहित खोप अभियान संचालन भएको वखत, खोप केन्द्रमा आउन अनुरोध गरिएकाे छ ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…