पशुपति आर्यघाटमा दाउराको कमी हुन नदिन वन मन्त्री आलको निर्देशन

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन्। पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन्। कोरोना सङ्क्रमणका कारण दैनिक मृतको सङ्ख्या बढीरहेको छ।

सो क्रममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउनका लागि आफूहरूसँग कम्तिमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए।

उनले भने, “रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि शव जलाउन पुग्ने छ।” अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए। पछिल्लो दुई/तीन यता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म शव आउने गरेका छन्।

पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोख्रेलले कोरोनाबाट मृत्यु भएकाको एक शव जलाउन कम्तिमा चार क्विण्टल दाउरा लाग्ने गरेको जानकारी दिए। उनले भने, “कोभिड नभएकाको शव जलाउन दुई क्विण्टल जती दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृत्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्छ।”

उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउनका लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ। नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्लाका डिभिजनल वन कार्यालयसँग दाउराका लागि आवश्यक पहल गरीरहेको बताइएको छ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…