बादलका कारण एमालेमा फेरि झमेला !

२ जेठ,  काठमाडौं  । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुने दिशतर्फउन्मुख छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बैशाख ३० गते भएको चार घण्टा लामो भेटवार्ताले पार्टीमा सहमतिको सम्भावना बढिरहेको छ । यस्तै, बैशाख ३१ गते सिंहदरबारमा ओली र नेपाल दुवै पक्षका ५ ५ सम्मिलित भएर सहमतिको खाका तयार पार्न पूनः बैठक बसेको थियो ।

तर, उक्त बैठकमा ओली पक्षबाट माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा बादलको पनि सहभागिता भएपछि नेपाल पक्ष झस्किएको छ । नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गते फर्काउनुपर्ने अडान लिइरहेको बेलामा बादलको सहभागिता हुँदा पार्टीलाई पछि फर्काउन ओली सहमत नहुने देखिएको नेपाल पक्षधर नेताहरुको आशंका छ ।

नेपाल पक्षको हिजोमात्रे पनि जुममार्फत बैठक बसेको थियो । उक्त बैठकमा सहभागी नेताहरुले अध्यक्ष ओलीले धोका दिन लागेको टिप्पणी गरेका थिए । उनीहरुले ओलीसँग वार्ता तथा छलफलमा अल्झिनुभन्दापनि अब छुट्टै पार्टी गठन गरेर अघि बढ्दा नै बेश हुने उनीहरुको सुझाव थियो । ओलीले नेपाल पक्षसँग वार्ता गर्नको लागि आफ्नो तर्फबाट दूतको रुपमा बादललाई नै अघि सार्ने तयारी गरेपछि नेपाल पक्ष झन सशंकित बनेको छ ।

बादललाई ओली पक्षको नेता मान्दा पार्टी ०७५ जेठ २ मा पनि नफर्कने र फागुन २८ गतेपछिका निर्णयबाट पनि ओली ब्याक नहुने प्रष्टै हुने नेपाल पक्षको बुझाई छ । अहिले नेपाल पक्षले आज र भोलिभित्रै ओलीसँग निर्णायक वार्ता गर्न नेतृत्वलाई दबाब दिएको छ । आजपनि नेता नेपाल र ओलीबीच निर्णायक वार्ता हुँदैछ । आजको वार्ता सुखद् नभए नेता नेपाल पक्षले फेरि पनि सामूहिक राजीनामा दिएर अघि बढ्नुपर्नेमा पुगेको छ ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…