सरकारले भन्यो- अब अक्सिजनको ठूलो समस्या हुँदैन

सरकारले अब अक्सिजनको ठूलो समस्या नहुने बताएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको सिसिएमसी बैठकमा भएको छलफलबारे जानकारी दिँदै पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अब अक्सिजनको ठूलो समस्या नहुने बताए।

‘हामीले चीन र ओमनबाट सिलिन्डर मगाएका छौं। भारतसँग पनि थप अक्सिजन आपूर्तिबारे कुरा भइरहेको छ। त्यसैले अक्सिजनको त्यति ठूलो समस्या हुँदैन,’ उनले भने।

मन्त्री ज्ञवालीले अक्सिजन अभावको समस्यालाई विस्तारै समाधान गरिरहेको भन्दै अब देशभरिका अक्सिजन उद्योगलाई पूर्ण क्षमता सञ्चालन गरिने जनाए। त्यसरी शतप्रतिशत क्षमतामा सञ्चालन हुने उद्योगलाई विद्युत महशुलमा छुट दिने निर्णय पनि भएको उनले बताए।

मन्त्री ज्ञवालीले गएको दुई साता नेपालका लागि निकै कठिन समय भएको बताउँदै अब भने त्यो स्थिति विस्तारै कम हुँदै गएको जनाए। आजको सिसिएमसी बैठकले कोरोना भाइरसको संक्रमणविरूद्ध लड्न थप कानुनी संरचना आवश्यक रहेको निश्कर्ष निकालेको छ।

संक्रामक रोग ऐन २०२० को प्रावधानले मात्र नपुग्ने भएर त्यसमा आवश्यक तयारी गर्नका लागि कानुन मन्त्रालय र अरू सम्बद्ध निकायलाई निर्देशन दिइएको ज्ञवालीले जानकारी दिए।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…