नेपाल पक्षसँग वार्ता गर्न प्रधानमन्त्री ओलीले बादललाई पनि खटाउने

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग वार्ता गर्न आफ्ना तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई खटाउने तयारी गरेका छन्।
शुक्रबार प्रधानमन्त्री कार्यालयमा नेपाल पक्षसँग भएको वार्तामा प्रधानमन्त्री ओलीले बादललाई लगेका थिए।

बैठकमा उपस्थित नेपाल पक्षीय नेताहरूले बादललाई उपस्थित गराएकोमा असहमति जनाएका थिए। उनीहरूले एमालेको झगडा मिलाउने बैठकमा बादललाई राख्न नहुने तर्क गरेका थिए।

२०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने विषयमा वार्ता गर्ने भएकाले त्यस्ता बैठकमा बादललाई राख्नुको औचित्य नहुने नेपाल पक्षको अडान छ।

शनिबार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा समेत बादल बिनाको बैठक हुनुपर्ने विचार आएको थियो।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएपछि एमाले प्रवेश गरेका बादल प्रधानमन्त्री ओलीका विश्वास पात्र बनेका छन्।

२०७७ फागुन २८ गते प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखेर एमाले प्रवेश गरेका बादलसहितका पूर्वमाओवादी नेताहरूलाई पार्टीमा समावेश गरेका थिए। त्यसयताका हरेक बैठकमा ओलीले बादललाई सहभागी गराउने गरेका छन्। ओलीले नेपाल समूहलाई भने त्यस्ता बैठकमा सहभागी गराएका छैनन्।

एमालेभित्रको विवाद मिलाउने कार्यदलमा प्रधानमन्त्रीका तर्फबाट बादल रहने उनीनिकट एक नेताले सेतोपाटीलाई बताए।

‘आफ्ना तर्फबाट कसलाई वार्तामा खटाउने भन्ने अधिकार प्रधानमन्त्रीको हो। उहाँले जसलाई राख्न उचित ठान्नहुन्छ, उसलाई राख्नुहुन्छ। यसमा अरूले टिप्पणी गर्नुको कुनै अर्थ छैन,’ ती नेताले भने,’माधवजीको तर्फबाट को वार्तामा आउने भनेर हामीले भनेका छैनौं। त्यसैले उहाँहरूले पनि त्योबारे चासो राख्न मिल्दैन।’

शुक्रबारको बैठकमा बादलबारे कुनै प्रश्न नउठेको समेत ती नेताको दाबी छ।

बाहिर जे प्रचार गरिए पनि बैठकमा बादलको उपस्थितिलाई लिएर केही कुरा नआएको र आउन जरूरी नरहेको उनले बताए।

भर्खरै प्रकाशित

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…