यी हुन् कोरोना संक्रमितले खानै नहुने खानेकुरा

कोरोना भाइरसको संक्रमणबाट घरमै आइसोलेट भएर बस्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ। घरमा एक्लै बस्दा मानिसक रुपले तम तयार त हुनपर्छ नै शारीरिक रुपले पनि त्यतिकै तयारी गर्नुपर्ने हुन्छ। संक्रमित व्यक्तिले खानेकुराहरुमा विशेष ध्यान दिन जरुरी छ । उचित खानाले हाम्रो शरीरलाई बलियो बनाउन मद्धत गर्दछ भने रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर हुनबाट बचाउँछ।

संक्रमति व्यक्तिले के खाने हुन के नहुने सामाजिक संजालमा जताततै देख्न सकिन्छ। त्यस्ता अफवाको पछि लग्नु हुदैन। सामान्य तय चिकत्सकको सुझाव अनुसार यी खानेकुरा संक्रमित व्यक्तिले धेरै खानु हुदैन।

धेरै मसालेदार खाना :  कोरोना लागेको व्यक्तिले धेरै मसालेदार खानाको सेवन गर्नु हुँदैन । थारै मसाला ठिक हुन्छ तर धेरै सेवन गर्नाले यसले नकरात्मकम रुप लिन सक्छ । कोरोना लागेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतमको कमी भएको हुन्छ ।

त्यसैले मसालेदार खानाको सट्टा सादा र पोषिलो खानामा ध्यान दिन आवश्यक छ । खानामा खिचडीको प्रयोग पनि राम्रो मानिदै आएको छ । खानामा खिचडीको प्रयोग गर्दा खाना छिट्टै पच्छ र स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

तेलमा तारेको खानेकुराहरु :  बनाउन सजिलो भएता पनि तारेको खानाले हाम्रो शरीरललाई भने फाइदा गर्दैन । तारेको खानामा अस्वस्थ बोसोको मात्रा बढी रहेको हुन्छ जसले गर्दा पाचन प्रक्रियामा गाह्रो हुन जान्छ। तारेको तथा फ्राई गरिएको खानेकुराले शरीरको तौल बढाउने लगाएत अन्य रोगहरु पनि निम्त्याउने गर्छ । सकेसम्म ‘डिपफ्राई’ खानबाट टाढै बसेको राम्रो हुन्छ।

प्याक गरिएका खाना : कोरोना संक्रमित भएका व्यक्तिले प्याक गरिएको खानाबाट टाढै बस्न आवश्यक हुन्छ । यो खानेकुरा बासी हुने भएकाले यस किसिमका खानेकुरामा शरीरलाई चाहिने पोषक तत्वकोे कमी हुन्छ । प्याक गरिको खानाभन्दा बढी फाइदा ताजा पकाइएका खानेकुरामा ताजा आफूलाई मन पर्ने किसिमले पकाएर खाने बानी बसाल्नुपर्छ । यदि आफन्तलाई कोरोना संक्रमण भई आईसोलेसनमा बसेको छ भने पनि ताजा र पोषिलो खानेकुराहरु मात्र दिदा उचित हुन्छ ।

चिसो पेय पदार्थ : संक्रमित व्यक्तिले चिसो पेय पदार्थ तथा सोडा भएको पेय पदार्थको सेवन गर्नु राम्रो हुँदैन । त्यस्ता व्यक्तिले तातो पानी, बेसार पानी, काँढा, कागती पानी जस्ता पदार्थको सेवन गर्नु नै राम्रो हुन्छ । कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्दछ । दूध बेसार मिलाएर पिउनु स्वास्थ्यको लागि राम्रो मानिदै आएको छ ।

मदिराजन्य पदार्थ : सामान्य मानिसका लागि पनि मदिराजन्य पदार्थ सेवन हानिकारक हुने गर्दछ भने कोरोनाबाट संक्रमितहरुले झनै त्यसको सेवन गर्नु हुदैन। मदिरा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षेमतामा कमि आउने चिकित्सकहरु बताउदै आएका छन्। कोरोना रुघाखोकी हो मदिरा पिएर निको पार्छु जस्ता दुस्साहस कहिलै गर्नुहुदैन।

के खायो भने इम्युनिटी पावर बढ्छ ?

इम्युनिटी कम भएका, डाइबिटिज र उच्च रक्तचाप भएका मान्छेलाई कोरोना भाइरस लागेको देखिन्छ । ६० वर्षमाथिका मान्छेलाई बढी जटिल हुन्छ । त्यसैले डाइबिटिज, उच्च रक्तचाप र इम्युनिटी पावर कम भएका व्यक्तिले सजगता अपनाउनु आवश्यक छ । कोरोनाबाट जोगिन खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । मीठोमीठो खान्छु भनेर खानु हुँदैन ।

यो समयमा घरमै पकाएर तातो खानेकुरा खाने । बाहिरको खानेकुरा खाँदै नखाने । घरमै पकाएर स्वस्थ खानेकुरा खाने । जसले रोगसँग लड्ने शक्ति दिन्छ । आवश्यक मात्रामा मसलाहरू खाने हो भने इम्यिुनिटी पावर बढ्छ।

बेसार, मरिच, खोर्सानी, जिरा, धनियाँ, मेथी, टुसा उमारेका खानेकुरा, मह, कागती, अमला, अम्बा, फलफूल, दही, मोही, चिज माछा मासु र अण्डा राम्रोसँग पकाएर खानु पर्दछ  ।

यी माथि उल्लेख गरिएका अधिकांश खानेकुरा हाम्रो भान्छामै हुन्छन् । यी खानेकुरा नियमित खाने हो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ । रोग लाग्नबाट जोगिन सकिन्छ ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…