ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाऔँ भनेको हुँ तर मान्नुभएन : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नमानेको बताएका छन् ।

नेकपा एमालेका सांसद महेश बस्नेतले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर ‘प्रधानमन्त्री बनाइदिनुपर्‍यो’ भनेको भनेपछि उनले सामाजिक सञ्‍जालमा स्पष्टीकरण दिएका हुन् । बस्नेतले भट्टराईले दस दिनको अवधिमा बालुवाटार पुगेर दुईपटक ओलीसँग भेटवार्ता गरेको बताएका थिए ।

कुराकानीमा भट्टराईले ओलीसँग अहिलेको परिस्थितिमा देशमा राष्ट्रिय सरकारको आवश्यकता रहेको र त्यसको नेतृत्व आफैंले लिनुपर्ने बताएको बस्नेतको दाबी थियो । जवाफमा ओलीले आफूविरुद्ध भट्टराईलगायत पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, रामचन्द्र पौडेल सबै लागेको र आफू १२१ जना सांसद भएको पार्टीको नेता भएकाले अरुलाई सहयोग गर्न नसक्ने बताएको बस्नेतको दाबी थियो ।

जसपा अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले दूतमार्फत बोलेकाले आफू बोल्नै पर्ने अवस्था आएको बताएका छन् । आफूले महाविपत्तिउन्मुख देशलाई निकास दिन व्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटेको पनि बताएका छन् । वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ भन्दा ओलीले नमानेपछि आफूले उक्त कुरा अरुलाई नभनेको पनि उनले बताएका छन् ।

साथै अझै पनि संविधानको धारा ७६(५) बमोजिम सरकार बनाउन सकिने कुरा उनले बताएका छन् । भट्टराईले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं!’

विपक्षी दलहरूले गठबन्धन सरकारका लागि संख्या पुर्‍याउन नसकेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि कामचलाउमा परिणत भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीले शुक्रबार शपथ लिइसकेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्न दिएको समय सीमा बिहीबार राति ९ बजे सकिँदासम्म कसैको पनि दाबी नपरेपछि ओली नै प्रधानमन्त्री बन्ने ढोका खुलेको हो । प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेताको हैसियतमा संविधानको धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री बनेका ओलीले ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

कानुनविद्हरुका अनुसार यो सरकारले विश्वासको मत प्राप्त गर्‍यो भने जसले विश्वासको मत दिन्छ उसले फिर्ता नलिउन्जेल अरूले २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइँदैन, फिर्ता लिए प्रधानमन्त्री आफैं विश्वासको मत लिन जानुपर्छ । विश्वासको मत नै प्राप्त भएन भने उपधारा ५ आकर्षित हुने पनि कानुनविद्हरुको भनाइ छ । त्यही व्यवस्थाअनुसार नयाँ सरकार बन्न सक्ने भट्टराईको भनाइ आएको हो ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…