पहिलो खेपमा चीनबाट थोरै अक्सिजन सिलिण्डर किन आयो ? एक उडानको सवा २ करोड भाडा

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले २८ वैशाखमा चीनको राजधानी बेइजिङबाट ४०० थान अक्सिजन सिलिण्डर काठमाडौं ल्यायो ।

जहाजमा १६० अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर गरी कुल २६ टन मात्र सामान नेपाल आयो । वाइडबडी जहाजको क्षमता ३५ टनसम्म कार्गो बोक्न सक्ने हो । तर, किन क्षमता भन्दा कम सामान नेपाल आयो ?

नेपाल वायुसेवा निगमका महाप्रवन्धक डीमप्रकाश पौडेलका अनुसार नेपालमा अस्पतालहरुमा अक्सिजनको हाहाकार भई अकालमा ज्यान गुमाइरहनु परेको अवस्थामा तत्काल सिलिण्डर ल्याउनुपर्ने चुनौती थियो । तर, चीनमा सिलिण्डरको उत्पादन नै भएको थिएन ।

अहिले चीनले अनुदानमा दिएका यी सिलिण्डर उद्योगबाट सीधै ल्याइएको हो । उद्योगले दैनिक ४०० सिलिण्डर मात्र डेलिभरी गर्न सक्ने जानकारी गराएको छ । सोही कारण पहिलो उडानमा क्षमता अनुसार सिलिण्डर नआएको महाप्रवन्धक पौडेलले जानकारी दिए ।

सिलिण्डर मात्र बोक्दा वाइडबडी जहाजले एकै पटकमा साढे ७०० हाराहारी बोक्न सक्ने देखिएको उनले जानकारी दिए । तर, सिलिण्डर नै तयार नभएका कारण जति सिलिण्डर तयार थियो त्यति नै ल्याएर आएको उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा प्राप्त हुँदैछ । यी सिलिण्डर सबै नेपाल आइपुग्दा ठूलो राहत हुने अनुमान छ ।

दोस्रो खेप सिलिण्डर तयार भयो : दूतावास

नेपालस्थित चिनियाँ दूतावासका अनुसार बेइजिङमा नेपालले पाउने सिलिण्डरको दोस्रो खेप तयार भएको छ । दूतावासले केही दिनमै यी सिलण्डिर काठमाडौं आउने बताएको छ । यद्यपि यो खेपमा कति सिलिण्डर तयार भएको छ भन्ने संख्या भने खुलेको छैन ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ फेरि बेइजिङ उड्दैछ । यो जहाजले कम्तीमा ४०० थान सिलिण्डर, ४०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

उनका अनुसार अब हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने जानकारी उद्योगले दिएको छ । सोही आधारमा सिलिण्डरको डेलिभरी हुनेछ ।

एक उडानको सवा २ करोड भाडा

नेपालको राजधानी काठमाडौंबाट चीनको राजधानी बेइजिङ पुगेर कार्गोसहित काठमाडौं अवतरण हुँदा नेपाल वायुसेवा निगमले एक उडानको सवा २ करोड भाडा तय गरेको छ । ‘एकतर्फी करीब साढे ७ घण्टा निरन्तर उड्नुपर्ने यो रुटमा कम्पनीले लागतमात्र उठ्ने गरी न्यूनतम भाडा तय गरेको बताएको छ ।

सोहीकारण हरेक उडानबाट अधिकतम क्षमतामा सिलिण्डर ल्याउन सकियोस् भन्ने प्रयास गरेको उनले बताए । अघिल्लो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य खटिएका थिए ।

यूरोप, अमेरिकामा बस्ने नेपालीबाट सिलिण्डिर पठाउन जहाजको माग

नेपाल एयरलाइन्सको जहाज शनिबार ओमानको राजधानी मस्कट जाँदैछ । यो जहाजले ६०० थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याउने छ । यी सिलिण्डर गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहयोगमा नेपाल ल्याउन लागिएको हो ।

पौडेलका अनुसार गैरआवासीय नेपालीहरु तथा नेपाली नागरिक रहेका मुलुकहरुमा नेपालीहरुकै पहलमा संकलन गरी सिलिण्डर नेपाल पठाउन जहाजको उच्च माग आएको छ । तर, यस्तो माग अमेरिका, यूरोप, अष्ट्रेलियाजस्तो मुलुकबाट बढी रहेको छ ।

७० किलो बराबरको एक सिलिण्डरलाई टाढाको गन्तब्यबाट जहाजमा नेपाल ल्याइपुर्याउन खर्चिलो हुने भन्दै उनले विदेशमा दुःख गरी कमाएको रकम ढुवानीमै बढी खर्च हुने उल्लेख गरेका छन् । सोहीकारण अक्सिजन सिलिण्डरभन्दा सम्भव भए अक्सिजन जेनेरेटर नेपाल पठाउन पहल गर्न उनले नेपाली समुदायसँग आह्वान गरेका छन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…