अक्सिजनको अभाव कम गर्न एमाले दाङको सक्रियता : प्रत्येक दिन २५ सिलिण्डर ग्यास उपलब्ध

दाङ जेठ १ । अक्सिजनको अभावमा उपचारमा समस्या भइरहेको समयमा नेकपा एमाले दाङले अक्सिजनको अभाव कम गर्न अभियान थालेको छ । जिल्लाका अस्पतालमा अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाइरहेको समाचार सार्वजनिक भएपछि अक्सिजनको अभाव कम गर्न एमाले दाङले अभियान सुरु गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।

अक्सिजनको अभावमा नागरिकहरु छटपटाइरहेको पीडा सहन नसकी अभियान सुरु गरेको भन्दै जिल्ला सचिव बुढाथोकीले पहिलो चरणमा दैनिक २५ सिलिण्डर अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिनुभयो । ‘अक्सिजनको अभावमा उपचारमा समस्या भइरहेको समाचार सुनेर नेकपा एमाले दाङले अक्सिजन उपलब्ध गराउने अभियानको सुरुवात गरेको छ’, सचिव बुढाथोकीले भन्नुभयो, ‘विगत ३ दिनदेखि हामीले दैनिक २५ सिलिण्डर अक्सिजन उपलब्ध गराइरहेका छौं । यो संख्या बढाएर लैजान्छौं । हाम्रो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’

सोनापुर सिमेन्ट उद्योगको सहयोगमा अक्सिजन सहयोग गर्दै आएको भन्दै सचिव बुढाथोकीले अक्सिजनको ढुवानीका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमराज बञ्जाडेले गाडी उपलब्ध गराएको जानकारी दिनुभयो । ‘हाम्रो आग्रहलाई स्विकार गरी सोनापुर सिमेण्ट उद्योगले दैनिक २५ सिलिण्डर अक्सिजन उपलब्ध गराउँदै आएको छ, भने ढुवानीका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जिल्लाका प्रतिष्ठित व्यवसायी हेमराज बञ्जाडेले गाडी उपलब्ध गराउनुभएको छ’, सचिव बुढाथोकीले भन्नुभयो, ‘अक्सिजनका लागि प्रदेश सरकारसँग अनुरोध गरेका छौं ।’

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…