पार्टी एकताका लागि हाम्राे पुरानै अडान यथावत छ : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि आफुहरु पुरानै अडानमा यथावत रहेको बताएका छन् । । पछिल्लो समय पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताएका हुन् ।

उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफुहरुको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए ।

उनले भने “ फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटम लाईन थियो । त्यसमा हाम्रो पार्टी अध्यक्ष एवं केपी शर्मा ओली सहमत हुनुभएको छ । पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्पष्टताहरुको आवश्यकता पर्ला । छलफल गरेर टुंग्याउने छौ ।”

अध्यक्ष ओलीले मनोमानी ढंगले पार्टी चलाएको, संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै खरो विरोधमा उत्रिएका नेता नेपाल समुहले ओली सरकारको विरुद्ध बन्न लागेको संयुक्त सरकार गठन प्रक्रियालाई सघाइरहेको थियो । नेता नेपाल खनाल समुहका सांसदहरु प्रधानमन्त्रीले विश्वासको मत लिने बैशाख २७ गतेको दिन प्रतिनिधिसभाको बैठकमा पनि अनुपस्थित भएको थियो ।

तर संयुक्त सरकार गठनका लागि दिइएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकीय ढंगमा सहमति भएको थियो । सोही सहमति अनुसार नेपाल खनाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भएपछि संसदमा ठूलो दलको हैसियतले शुक्रबार प्रधानमन्त्रीमा पुन ओली नै नियुक्त भएका हुन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…