जण्डिसका बिरामीले जता पनि पहेँलो देखेजस्तो जता पनि भ्रष्टाचार देखिरहेका छन् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरूले जता पनि भ्रष्टाचार देखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्रीको शपथ लिएर सिंहदरबारमा पदभार ग्रहण गर्न पुगेका ओलीले मन्त्री र सचिवहरूलाई निर्देशन दिने क्रममा कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा सरकारका प्रयासमा भ्रष्टाचार देख्ने गरेको बताए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध लड्नुपर्ने बेला मुलुकमा अस्वस्थ र अनुचित क्रियाकलाप भइरहेको पनि बताए ।

‘कोभिड- १९ विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा अस्वस्थ र अनुचित प्रयास भए । सरकारले गरेका प्रयास असफल पार्न खोज्ने, भ्रमपूर्ण ढंगले प्रचार गर्ने र जण्डिसको बिरामीले जता पनि पहेँलो देख्नेजस्तो जता पनि भ्रष्टाचार देख्ने र काम गर्ने संस्था, व्यक्तिहरूलाई काम गर्न हतोत्साहित गर्ने प्रवृति भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने ।

कोरोना भाइरस नियन्त्रण, संक्रमितको उपचारलगायतका लागि खरिद गरिएका स्वास्थ्य सामग्री, औषधिलगायतमा भ्रष्टाचार र अनियमितता भएमा सरकारले कडा कारबाही गर्ने पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘मावनजातिको अस्तित्वमाथि चुनौति लिएर कोभिड- १९ आइरहेको बेलामा उपचार, रोकथाम, उपचारजन्य कुरा अवथा स्वास्थ्य सेवा उपलब्ध गराउने सन्दर्भमा भ्रष्टाचार कसैले गर्छ वा अनुचित लाभ लिन खोज्छ भने त्यस्ता तत्वहरूमाथि कडा कारबाही गर्छ सरकारले भनेर मैले भनिरहेको छु,’ उनले भने ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सम्पूर्ण सामर्थ्य लगाउने ओलीको भनाइ थियो । उनले सरकारले राज्यका सम्पूर्ण अंग र सामर्थ्यलाई कोरोना भाइरसविरुद्ध लगाउने बताए ।

निजी र सरकारी अस्पताललाई अहिलेको संकटको बेलामा सेवा गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । उनले निजी अस्पतालहरूलाई आग्रह गर्दै भने, ‘सेवाको भावना संकटका बेला, महामारीका बेला जरुरी पर्छ ।’

मुलुकमा रहेका सबै अक्सिजन डिपोहरू पूर्ण क्षमतामा चल्नुपर्ने ओलीको भनाइ थियो ।

पछिल्लो समय खोप खरिदमा कमिसनका कारण ढिलाइ भएको भन्ने समाचार सार्वजनिक भएको विषय र अक्सिजनका कारण कोरोना संक्रमितको मृत्यु भइरहेको विषयलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफ्ना धारणा राखेका हुन् ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…