यसरी गरेका थिए महेश र सुरजले जसपा सांसदहरुका लागि रिसोर्ट व्यवस्थापन

काठमाडौं–विहीबार राति करिब साढे १० बजे जनता समाजवादी पार्टी (जसपा) का एक सांसदको फोन आउँछ। ‘बधाइ छ महेश दाइ। धन्यवाद। हामी यहाँबाट निस्कँदै छौं,’ ती सांसदले फोनमा भन्छन्। तर वास्तवमा ती सांसदले फोन गर्न खोजको अन्यत्रै थियो। गल्तीले अर्कै ठाउँमा पुगेको रहेछ।

अन्तै फोन डायल भएको थाहा पाउनेबित्तिकै सांसदले हत्तपत्त फोन काट्छन्। विपक्ष गठबन्धनलाई सरकार बनाउन सिंगो जसपाको समर्थन जरूरी थियो। सरकार बनाउन बाबुराम–उपेन्द्र समूह जोडतोडले लागेका थिए भने महन्थ–राजेन्द्र पक्ष कुनै पनि हालतमा बहुमत पुग्न नदिन।

त्यसैले महन्थ–राजेन्द्र जसरी पनि आफूपक्षीय सांसदहरूलाई बाबुराम–उपेन्द्रको पहुँचभन्दा टाढा सुरक्षित गर्न खोजिरहेका थिए। त्यसका लागि उनीहरूलाई जरूरी थियो सुरक्षित स्थानको।

र, महन्थ–राजेन्द्र पक्षीय सांसदहरूलाई व्यवस्थापनमा खटिए एमालेका युवा नेता महेश बस्नेत र युवा संघका उपाध्यक्ष संजीव झा ‘सुरज’। नेता बस्नेत र उपाध्यक्ष सुरजको व्यवस्थापनमा जसपाका २० सांसदलाई डोलेश्वर भिलेज रिसोर्टमा पुर्‍याइयो।

जसपाका एक सांसदले बताएअनुसार आफ्ना सांसदहरूलाई केही घण्टाका लागि सुरक्षित स्थानमा राख्नु पर्‍यो भनेर अध्यक्ष ठाकुरले बालुवाटार खबर पुर्‍याएका थिए। ठाकुरले बालुवाटार गुहारेपछि बालुवाटरकै निर्देशनमा सांसद बस्नेत र युवासंघका उपाध्यक्ष सुरज परिचालन भए।

युवासंघका उपाध्यक्ष सुरज मधेशका सांसदहरूसँग राम्रै सम्बन्ध बनाउनेमा पर्छन्। सुरजको त्यही सम्बन्धलाई उपयोग गर्दै उनलाई खटाइएको स्रोतले बतायो। र, बिहान ११ बजेदेखि महन्थ–राजेन्द्र पक्षीय सांसदहरू झन्डै ९ घण्टा रिसोर्टमा बसे।

यसरी भएको थियो व्यवस्थापन

जसपा अध्यक्ष उपेन्द्र यादवले सांसदहरूलाई आफ्नो पक्षमा तान्न कांग्रेस नेता, व्यापारीलगायतलाई परिचालन गरेपछि महन्थले आफूनिकटका सांसदरूलाई सुरक्षित स्थानमा राखिदिनु प¥यो भनेर बालुवाटार फोन गरेको जसपा स्रोतको भनाइ छ।

महन्थले फोन गरेको १० मिनेट नबित्दै युवा संघका उपाध्यक्ष सुरज बबरमहलस्थित पूर्वराजपाको पार्टी कार्यालय पुगे। महन्थले पहिले नै बोलाइसकेकाल जसपाका सांसदहरू त्यहाँ पुगिसकेका थिए।

सांसद बस्नेत भने महन्थ–राजेन्द्र पक्षबाट बाबुराम–उपेन्द्रतिर गइसकेका सांसद चन्द्रकान्त चौधरी र रुही नाजको खोजीमा लागेकोले रिसोर्टको व्यवस्थापनका लागि जनकपुर घर भएका युवा संघका उपाध्यक्ष सुरजलाई बालुवाटारले खटाएको थियो।

नेता बस्नेतले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने डोलेश्वर भिलेज रिसोर्टमा सबै व्यवस्थापन गर्न स्थानीय नेता किरण थापालाई भनेको स्रोतको दाबी छ।
अध्यक्ष यादवले आफूपक्षीय सांसदहरू फकाउन खोजिरहेको सुइँको पाइसकेका ठाकुरलाई असहज भएको थियो।

बबरमहलस्थित पूर्वराजपाको कार्यालयबाट महन्थकै गाडीमा बसेर युवा संघका उपाध्यक्ष सुरजका साथै अन्य सांसदहरू आफ्नो गाडी चढेर रिसोर्ट पुगे। जसपा सांसद अनिल झा पनि अध्यक्ष महन्थकै गाडीमा बसेर गएका थिए।

केहीबेरपछि अध्यक्ष यादवको नियन्त्रणमा रहेको भनिएका जसपा सांसद चन्द्रकान्त चौधरी र रुही नाजसहित नेता बस्नेत पनि रिसोर्ट पुगेका थिए। पछि रेणुका गुरुङ पनि त्यहाँ पुगेर हस्ताक्षर गरेको बताइएको छ।

रिसोर्टमा सांसद शरतसिंह भण्डारीलाई ब्रिफिङ गर्ने जिम्मा दिएर ठाकुर र महतो बाहिरिए। रिसोर्टबाट निस्केर लैनचौरस्थित भारतीय दूतावासमा केहीबेर बिताएर दुवै नेता बालुवाटर पुगेका थिए।

कोरोना लागेका जसपा सांसद लक्ष्मणलाल कर्ण र बाबु बिरामी भएकोले राजकिशोर यादव भन रिसोर्ट पुगेका थिएनन्। राति ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुनः ओलीलाई नियुक्त गरेपछि रिसोर्टमै खाना खाएर राति करिब साढे १० बजे जसपा सांसदहरू त्यहाँबाट बाहिरिएका थिए।

सबै सांसदहरू त्यहाँबाट निस्किसकेपछि अन्त्यमा नेता बस्नेत, युवा संघका उपाध्यक्ष सुरज र सुरक्षामा खटिएका स्थानीय युवाहरू निस्केको स्रोतले जनाएको छ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…