कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेताबीच छलफल

काठमाण्डौ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सामान्य छलफल गरेर नेताहरू बाहिरिएका सभापति देउवाको सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र नेता नारायण खड्का सहभागी भएका थिए भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पूर्वसभामुख ओनसरी घर्ती मगर सहभागी भएका थिए । त्यस्तै जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएकाे थियाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र बहुमतको आधारमा सरकार गठन गर्न नसकेपछि त्यसको भोलिपल्ट विपक्षी दलका नेताहरू छलफलमा सहभागी भएका हुन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको असहयोगका कारण विपक्षी दलहरूले गठबन्धनको सरकार बनाउन असफल भएका हुन् ।

 

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…