भारतबाट पाँच सय सिलिन्डर लिक्विड ग्यास रुपन्देही आइपुग्यो

रुपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्याेगले शुक्रबार भारतबाट लिक्विड ग्यास आयात गरेको छ । जिल्लामा बढ्दो अक्सिजन ग्यासको मागलाई धान्न नसकेपछि उद्याेगले भारतबाट लिक्विड ग्यास आयात गरेको हो ।

शुक्रबार आयात गरिएको ग्यास पाँच सय सिलिन्डर रहेको छ । शुक्रबार बिहान भैरहवा भन्सार कार्यालयमा आवश्यक कागजात प्रक्रिया पूरा गरी अक्सिजन उद्याेसम्म पुर्‍याएको भैरहवा भन्सार कार्यालयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक तेजबहादुर खत्रीले बताए ।

प्रहरी निरीक्षक खत्रीलाई समग्र जिल्लाको अक्सिजनको अवस्था हेर्नका लागि जिम्मेवारी दिइएको छ । उद्याेगले दैनिक पाँच सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको थियो । रुपन्देहीमा रहेका पाँचवटा कोभिड अस्पतालले दैनिक दुई हजार एक सय ५० भन्दा बढी सिलिन्डर अक्सिजन माग गर्ने गरेकोमा उत्पादन भने ११ सय सिलिन्डर रहेको जिल्ला जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले जानकारी दिए । माग धेरै बढेकाले रुपन्देहीमा गत सातादेखप अक्सिजन अभाव हुँदै आएको छ ।

यस्तो विषम परिस्थितिमा युनिभर्सल मेडिकल कलेजले आफ्नो अस्पतालका लागि पोखरा, चितवन र वीरगन्जबाट अक्सिजन आयात गरेर अस्पताल सञ्चालन गर्दै आएको थियो भने अन्य अस्पतालहरूले रुपन्देहीमा रहेका तीनवटा उद्याेगमा उत्पादन भएका ग्यासबाट काम गर्दै आएका थिए । केही दिनअगाडि अक्सिजन अभाव भएपछि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले समन्वय गरेर हेलिकोप्टरमा ४० सिलिन्डर ग्यास चितवन र सिमराबाट नेपाली सेनाको हेलिकाेप्टरमार्फत रुपन्देही ल्याइएको थियो ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…