देउवाको बिफ्रिङ- बहुमत पुग्दैन, झन्झटमा नलागौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारको दाबी गर्ने सम्भावना न्युन भएको नेताहरूलाई बताएका छन्।

आफ्नै निवास बुढानिलकण्ठमा आज पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएर देउवाले बहुमत पुग्ने अवस्था नदेखिएकोले सरकारको दाबी नगर्ने निष्कर्षमा आफू पुगेको बिफ्रिङ गरेका छन्।

‘माधव नेपालले निर्णय गर्न सकेनन्। जसपा पनि एकजुट भएर आएन,’ देउवाले गरेको बिफ्रिङबारे कांग्रेसका एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘बहुमत नै नपुग्ने अवस्थामा सरकारको दाबी गर्दै राष्ट्रपतिसमक्ष गएर काम छैन, यो झन्झटमा नलागौं।’

एमाले नेता नेपाल पक्षका कम्तिमा २० बढी सांसदले राजीनामा दिए नयाँ सरकार बनाउन बहुमत पुग्ने अपेक्षामा कांग्रेस थियो।

गत सोमबार नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएका थिए।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न दलहरूलाई समय दिएकी थिइन्।

आज बेलुकी ९ बजे उक्त समय सकिँदैछ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएका एमाले नेता नेपाल पक्षका २८ सांसदको निर्णय कुरेर बसेका देउवाले आफूलाई सहयोग गर्ने संकेत नपाएपछि नयाँ सरकारको दाबी नगर्ने निकर्ष सुनाएका हुन्।

नेता नेपालले प्रधानमन्त्री ओलीसँग आज चपलीहाइटस्थित रामेश्वर थापाको घरमा झन्डै चार घण्टा छलफल गरेका थिए। त्यहाँबाट निस्कँदै नेता नेपालले दुई/चार दिनका लागि राजीनामा टरेको र पार्टीभित्रका विवाद हल गर्न कार्यदल बनाएर जाने सुनाएका थिए।

आजै देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए। ठाकुरले जसपाको भर परेर सरकारको दाबी नगर्न देउवालाई सुझाएका थिए। लगत्तै ठाकुर पक्षले आफ्ना सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको थियो।

प्रतिनिधि सभामा ४८ सांसद रहेको नेकपा माओवादी केन्द्रले देउवालाई नयाँ सरकार बनाउन समर्थन गरेको थियो।

दुई निलम्बितसहित ६३ सांसद रहेको कांग्रेसले दुई निलम्बितसहित ३४ सांसद भएको जसपाको महन्थ ठाकुर पक्षको सहयोग नपाउने निश्चित भएपछि सरकारको दाबी नगर्ने मनस्थितिमा पुगेको हो।

जसपाका ठाकुर पक्षमा कम्तिमा १५ सांसद देखिएका छन्।

यसो हुँदा देउवालाई प्रतिनिधि सभामा बहुमत (१३६) सांसद पुर्‍याउन गाह्रो हुने देखिएको थियो। प्रधानमन्त्री ओलीालई विश्वासको मतको प्रस्तावको विपक्षमा गत सोमबार जम्मा एक सय २४ मत आएको थियो।

बहुमत नपुग्ने प्रष्ट अवस्था देखिएकोले कांग्रेसले सरकारको दाबी नगर्ने निश्कर्ष निकालेको हो।

पदाधिकारी बैठकपछि सेतोपाटीसँग कुराकानी गर्दै सहमहामन्त्री प्रकाशशरण महतले पनि बहुमत पुग्ने अवस्था नरहेको बताए।

‘ओलीजीको विपक्षमा जान जसपाका महन्थजीहरू तयार हुनु भएन, उपेन्द्रजीहरू मात्रै तयार भएर भएन,’ महतले भने, ‘हामीले त बहुमतको सरकार बनाउन पहल गरेकै हो।’

साथै जसपाका केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव सभापति देउवालाई भेट्न अहिले बुढानिलकण्ठ पुग्दैछन्

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…