बहुमतको सरकार बन्ने सम्भावना लगभग सकिएको कांग्रेस-माओवादीको निष्कर्ष

आज बहुमतीय सरकार बनाउनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारी गरिरहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले अब त्यो सम्भावना लगभग टरेको निष्कर्ष निकालेका छन्।

‘एमालेमा माधवकुमार नेपाल पक्षले निर्णय गर्न नसकेपछि र जसपाभित्रको अन्यौल कायमै रहेपछि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने सम्भावना सकिएको छ,’ कांग्रेसका एक शीर्ष नेताले सेतोपाटीसँग भने। माओवादी केन्द्रका नेताले पनि सरकारमा दाबी गर्ने आफूहरूको सम्भावना लगभग सकिएको बताए।

‘अब हामीले आशा मार्‍यौं,’ ती नेताले भने। कांग्रेस, माओवादी केन्द्रलाई आज बिहानसम्म माधव नेपाल समूहका २० जना सांसदले राजीनामा दिन्छन् भन्ने आश थियो।

नेपाल समूहले कांग्रेस-माओवादीलाई त्यसैमा आश्वस्त बनाएको थियो। तर नेपाल समूहभित्र कुरा नमिलेपछि र पार्टीभित्रको समस्या मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न सुरू गरेपछि राजीनामा टरेको देखिएको छ।

जसपामा पनि कांग्रेस-माओवादी केन्द्रको गठबन्धनमा नजाने महन्थ ठाकुर र राजेन्द्र महतोको अडान कायमै छ। माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा जसपाभित्र कांग्रेस-माओवादीसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा सांसदहरूको बहुमत देखिन सकेको छैन।

कांग्रेस-माओवादीले औपचारिक रूपमा भने सरकार नबनाउने घोषणा गरिसकेका छैनन्। माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई आफ्ना माग पूरा गर्न दिउँसो ४ बजेसम्मको डेडलाइन दिएको थियो।

ओली-नेपालबीचको वार्ताको परिणाम उनीहरू कुरिरहेका छन्। अन्तिम निर्णय लिन कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ भने माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…