माधव नेपाल पक्ष सांसदहरुले राजीनामा नदिएसम्म कांग्रेसले सरकारको दाबी नगर्ने

काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा (एमाले) को माधव नेपाल पक्षधर सांसदहरुले राजीनामा नदिएसम्म सरकारको दाबी नगर्ने भएको छ । अहिले भर्खरै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सम्पन्न कांग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

पदाधिकारी बैठक बस्नुअघि सभापति देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । तर, एमाले वरिष्ठ नेता नेपाल भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्तामा सरिक छन् । व्यवसायी रामेश्वर थापाको निवासमा ओली र नेपालबीचको भेटवार्ता जारी छ ।

प्रचण्डले ५ बजेलाई बोलाए स्थायी कमिटी बैठक

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज ५ बजे बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी बैठक राखेका हुन् ।

उक्त बैठकमा कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बनाउनेबारे निर्णय अनुमोदन गराउने दाहालले पत्रकार ऋषि धमलालाई जानकारी दिए । देउवा र दाहालबीच राष्टपतिले दिएको समयसिमा भित्रै बहुमतको सरकारमा दाबी गर्ने सहमति भएको छ ।

भर्खरै प्रकाशित

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि…

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…