खनाल-नेपाल समूहले दियो ओलीलाई ४ बजेसम्मको अल्टिमेटम, महन्थले लुकाए नेता

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चार बजेसम्मको समय दिएको छ।

खनाल-नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफूहरूले उठाएका एजेन्डासँग सहमति नभए सांसदहरूले राजीनामा दिने नेता भीम रावलले बताए।

‘वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई पठाउनुभएको ६ बुँदे मागसहितको पत्रको सम्बोधन गर्नुपर्छ। त्यसका लागि हामीले ४ बजेसम्मको समय दिएका छौं,’ उनले भने,’हाम्रो कारबाही फुकुवा गर्ने भन्दा पनि पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिवद्धता ठूलो कुरा हो। हामीले पार्टी एकताका लागि यही विषयमा अन्तिमा प्रयास गर्ने भनेको हो।’

यसअघि बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।

एमालेमा नेपाल पक्षले तत्कालीन एमाले र माओवादी केन्द्र एक भएको ०७५ जेठ ३ अघिकै अवस्थामा फर्किनु पर्ने र २०७७ फागुनमा एमाले ब्युँतिएपछि ओलीले गरेका निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएको छ।

यसअघि नेपाल पक्षका २८ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा लिएको विश्वासको मत बहिष्कार गरेका थिए।

प्रधानमन्त्री ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि सोही राति राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आज (बिहीबार) राति ९ बजेसम्मको समय दिएकी थिइन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज राति ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गर्न नसेको संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्।

महन्थ ठाकुरले आफू पक्षका सांसदलाई पुर्‍याए रिसाेर्टमा

जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरकाे एक रिसाेर्टमा राखेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरकाे एक रिसाेर्टमा पुर्‍याएका हुन् ।

एक सांसदले भने, ‘अहिले हामी एक रिसाेर्टमा छाैं । हामी पक्षकालाई यहाँ ल्याइएको छ । १७ सांसदमध्ये १३ जना रिसाेर्टमा छाैं ।’

सांसदहरूलाई रिसाेर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महताे पनि साथमै रहेका छन् । ‘कुन रिसाेर्टमा भन्न मिल्दैन । यहाँ राजेन्द्र महताे पनि हुनुहुन्छ । सबै व्यवस्थापन गरेर उहाँ फर्किनुहुन्छ,’ ती सांसदले भने ।

जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसाेर्टमा भेला गराउन सकेका हुन् ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…