कोरोनाबाट बच्न गाईको गोबर–गहुँतले नुहाइरहेका छन् भारतीय : डाक्टरले बताए खतरनाक

कोरोनाभाइरस महामारीको दोस्रो लहरले भारतमा सबैभन्दा धेरै असर पारेका छ र शहरका साथै अब गाउँका मानिसहरु पनि यो भाइरसद्वारा संक्रमित भइरहेका छन् । यसका कारण थुप्रै मानिसहरु भाइरसलाई भगाउनका लागि विभिन्न तरिका अपनाइरहेका छन् । यद्यपि, डाक्टरले लगातार यी उपायबाट बच्न सल्लाह दिने गरेका छन् ।

गुजरातमा केही मानिसहरु आफ्नो शरीरमा गाईको गोबर दलिरहेका छन् भने गहुँत सेवन गरिरहेका छन् । उनीहरुका अनुसार यसले कोरोनाविरुद्धको लडाईंमा प्रतिरोधी क्षमता बलियो बनाउन सकिन्छ र कोरोनाभाइरस भइहालेता पनि यसले यो खतरनाक भाइरसलाई बचाउनेछ ।

यो विषयमा रोयटर्ससँग कुरा गर्दै एक फर्मा कम्पनीका असोसिएट म्यानेजर गौतम मणिलाल बोरिसाले यसो गर्नेमा थुप्रै डाक्टरहरु पनि छन् ।

उनी पनि गाईको गोबर र गहुँतले प्रतिरोधी क्षमता राम्रो हुने र त्यसपछि कोभिडका बिरामीको उपचार कुनै डर बिना नै गर्न सकिने मान्यता राख्छन् ।

गौतमले आफू श्री स्वामीनारायण गुरुकुल विश्वविद्यालय प्रतिष्ठानमा गएर यो ‘थेरेपी’ गरिरहेको बताए । गौतमको दाबी अनुसार उनी अघिल्लो वर्ष कोरोनाद्वारा पोजेटिभ भएका थिए तर यही थेरेपीको सहाराले उनले यो खतरनाक भाइरसलाई परास्त गर्न सफल भएका थिए ।

उनीहरु सुरुमा गाईलाई अँगालो हाल्छन् र त्यसपछि आफ्नो शरीरमा गाईको गोबर लगाएर योगा गर्छन् ।

यद्यपि, भारतका थुप्रै डाक्टर र वैज्ञानिकले कोरोनाको यो मनगढन्ते उपचार प्रक्रियाको विषयमा चेतावनी जारी गर्दै आएका छन् । यी डाक्टरले यस्तो तरिका अपनाउँदा मानिसहरुको समस्या थप बढी जटिल हुनसक्ने बताएका छन् ।

यो मामिलामा इन्डियन मेडिकल असोसिएशनका नेशनल प्रेसिडन्ट डाक्टर जेए जयलालले गाईको गोबर वा गहुँतमार्फत् कोरोनाविरुद्धको युद्धमा प्रतिरोधी क्षमतालाई बलियो बनाउन सकिन्छ भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन् । उनका अनुसार यो पूर्ण रुपमा आस्थामा आधारित छ र यसले स्थितिलाई जटिल बनाउने कुरामा स्पष्टता छ ।

उनका अनुसार गाईको गोबर खाँदा जनावरबाट मानिसमा सर्ने रोगको खतरा बढ्ने गर्छ । यसका साथै यस्तो गर्दा कोरोनाको संक्रमणको खतरा पनि निकै बढ्ने गर्छ किनभने गहुँत र गोबरको थेरेपी लिन धेरै मानिसहरु एकै स्थानमा जम्मा हुन्छन् जसका कारण सामाजिक दुरीको स्थिति बिग्रन थाल्छ ।

स्मरण रहोस्, भारतमा कोरोनाका कारण हालसम्म २ लाख ४६ हजारको मृत्यु भइसकेको छ । थुप्रै विज्ञले यो आँकडा पाँच गुणा बढी हुनसक्ने अनुमान गरेका छन् ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…