देउवा र ठाकुरलाई आलोपालो प्रधानमन्त्री बनाउने गरी सहमतिको प्रयास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धन बन्न नसेक भोलिबाट फेरि ओली नै प्रधानमन्त्री बन्नेछन् । त्यसैले ओलीलाई रोक्न विरोधी गठबन्धनका नेताहरु सक्रिय भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्ता गठबन्धन निर्माणमा आफूहरु नभएको विज्ञप्ति जारी गरेपछि बहुमतको गठबन्धन निर्माणमा धक्का पुगेको छ । अब ठाकुरलाई मनाउन ओलीविरोधी नेताहरु सक्रिय भएका छन् ।

ओलीविरोधी गठबन्धनलाई सफल बनाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका केही नेताहरु ठाकुरलाई मनाउन लागेका छन् । ठाकुरलाई प्रधानमन्त्री बनाउने या शेरबहादुर देउवा र ठाकुरबीच आलोपालो प्रधानमन्त्रीको सहमति गर्ने विषयमा छलफल बढेको छ ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री भइसकेकालाई बाहेकलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । उनले ट्वीट गर्दै यसो भन्नुमा महन्थलाई प्रधानमन्त्री बनाउने प्रस्ताव बुझिएको छ । ठाकुरलाई तत्काल प्रधानमन्त्री बनाएर चुनावी सरकारको प्रधानमन्त्री देउवालाई बनाउने या देउवालाई अहिले प्रधानमन्त्री बनाएर चुनावी सरकारको प्रधानमन्त्री ठाकुरलाई बनाउने गरी सहमति निकाल्न खोजिएको छ ।

ठाकुरले भने विगतमा नै उधारो सहमति नगर्ने स्पष्ट पारिसकेका छन् । उनले यसो भन्नुमा पछि हुने गरी सहमति नगर्ने र तत्कालको परिणाममा जाने आशय हो । तत्काल ठाकुरलाई प्रधानमन्त्री स्वीकारेमात्र गठबन्धनका लागि उनी सहमत बन्न सक्ने देखिएको छ ।

 

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…