एमाले विवाद : नेपाल समूहका सांसद जयकुमार राईले राजीनामा नदिने

काठमाडौं । नेकपा (एमाले) माधव नेपाल पक्षीय सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले पार्टी विभाजन हुने भए आफूले राजीनामा नदिने बताएका छन्। उनले आफू पार्टी एकताको पक्ष भएको बताउँदै भने, ‘राजीनामाले पार्टी विभाजन हुन्छ भने म त्यो पक्षमा छैन।’

उनले पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्र्ने बताउँदै पार्टी एकताको पहल र प्रयत्न भइरहेको बताए। ‘अहिले यो देशको हितमा छैन, पार्टी लाखौं कार्यकर्ताको हितमा पनि छैन, लाखौँ कार्यकर्ताले पार्टी एकताका पक्षमा छन्’, सांसद राईले भने, ‘अहिले कोरानाको महामारीमा सबै एकजुट भएर यसको सामाना गर्नु पर्ने हो। तर, हाम्रा नेता झगडामा लागेको छन्।’

उनले नेताहरुलाई झगडा छोडेर वार्ता र सहमतिका साथ अगाडि बढ्न पनि आग्रह गरे। उनले संसद विघटन ठिक कि बेठिक भन्ने कुरा सर्वोच्च अदालतले मिलाई दिइसकेको बताउँदै आफ्ना मुद्दाबाट भने आफू पछाडि नहटेको बताए।

उनले फागुन २३ मा सर्वोच्चले पार्टी ब्यूँताएको अवस्थाबाट नै पार्टी अघि बढ्नुपर्छ भन्ने आफू भएको बताए। ‘मुद्दा आफ्नो ठाउँमा छन्, हामीले पार्टी भित्रै ती मुद्दाको विषयमा लड्नुपर्छ र अन्तर संघर्ष गर्नुपर्छ’, उनले भने।

एमाले नेता मनमोहन अधिकारीको क्षेत्र रहँदै आएको सुनसरी १ बाट सांसद राईले जसपा नेता अशोककुमार राईलाई चुनावमा दोब्बर बढी मतान्तरले पराजित थिए।

 

भर्खरै प्रकाशित

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…