भारतको भन्दा नेपालको अवस्था गम्भीर, सङ्क्रमण दर दोब्बरले बढी

काठमाण्डाै । गएको हप्ताको तुलनामा यो हप्ता नेपालमा कोराना भाइरसको सङ्क्रमण झण्डै ५१ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४४ वटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा फैलिएको ।

प्रति लाख जनसङ्ख्यामा १०जनाभन्दा बढीमा सङ्क्रमण भएको पाइए व्यापक रूपमा सङ्क्रमण फैलिएको भनिन्छ । यस्तै भारतमा भन्दा नेपालमा अवस्था गम्भीर बन्दै गएको डाक्टरले बताएका छन् । दैनिक सङ्क्रमित सङ्ख्याको आधारमा प्रति १० लाख जनसङ्ख्यामा नेपालमा तीन सय चार जनामा सङ्क्रमण देखिएको छ भने भारतमा यो दर दुई सय ४० छ ।

यस्तै मृत्युदर पनि भारतमा भन्दा नेपालमा धेरै छ । भारतमा प्रति १० लाख जनसङ्ख्यामा दुई दशमलव ५ प्रतिशत छ भने नेपालमा तीन दशमलव ३ प्रतिशत छ । यसैगरी सङ्क्रमितको सङ्ख्या भारतमा भन्दा नेपालमा दोब्बरले बढेको डाक्टर अर्चना श्रेष्ठले बताउनुभयो । यसले नेपालको अवस्था भारतको भन्दा नाजुक रहेको देखिएको छ ।

डाक्टर श्रेष्ठले सङ्क्रमितको अहिलेको अवस्थालाई हेर्दा समुदायमा यो भन्दा धेरै सङ्क्रमित हुन सक्ने देखिएको बताउनुभयाे । कोरोनाको सङ्क्रमण नेपालमा बढ्दै गएकाले सङ्क्रमण दर घटाउन सङ्क्रमितले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

ज्वरो आए, खोकी लागे वा शरीर दुखे तुरुन्त स्वास्थ्य परीक्षण गराउन पनि डाक्टरको सुझाव छ । यस्तै कट्याक्ट ट्रेसिङमा परेकाहरूले पनि तुरुन्त परीक्षण गराउनु पर्ने डाक्टरको भनाइ छ । बेलैमा कन्ट्याक्ट ट्रेसिङ भएर परीक्षण भएमा ८५ प्रतिशत सङ्क्रमण फैलनबाट रोक्न सकिने डाक्टरले बताएका छन् ।

भर्खरै प्रकाशित

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…