ओलीलाई पदमुक्त गर्न हामीले सांसद पदबाट राजीनामा गर्नुपर्छ : भीम रावल

काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई पदमुक्त गर्न सांसद पदबाट आफूहरुले राजीनामा दिनुपर्ने स्थिति निर्माण भएको बताएका छन्।

सामाजिक सञ्जालमा सक्रिय नेता रावलले थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्यबाट रोक्न र ओलीलाई पदमुक्त गर्न आवश्यक रहेको भन्दै त्यसका लागि सांसद पदबाट राजीनामा गर्नुपर्ने अवस्था आएको बताए। सांसद पदबाट राजीनामा गर्नु राजनीतिक नैतिक र कानुनी दृष्टिले धेरै उचित भएको दाबी उनको छ।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ’, रावलले ट्वीटरमा लेखेका छन्, ‘यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

फेरि संसद विघटन गर्ने खेल हुँदैछ : घनश्याम भुसाल

नेकपा (एमाले) नेता घनश्याम भुसालले फेरि प्रतिनिधि सभा विघटन गराउने खेल भइरहेको आरोप लगाएका छन्। बुधबार फेसबुकमार्फत उनले चुनावको नाममा प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन लागिएको बताए।

उनले लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन।’

भुसालले झलनाथ–माधवलाईगाली गरेर नेकपा एमालेलाई विभाजित गरिन लागेको तर्क गरेका छन्। उनले भने,‘हिजो प्रचण्डलाईगाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलाईगाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ।’

उनले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा विवाद भएको बताउँदै आत्मसर्पण क्रान्तिप्रति गद्दारी भएको प्रतिक्रिया दिएका छन्। भुसालले लेखेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’

माधवकुमार नेपाल समूहले २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटम लाइन भएको बताउँदै आएको छ। सोमबार संसदमा प्रधानमन्‍त्रीले विश्‍वासको मत दिने क्रममा माधवसमूहका २८ सांसद उपस्थित भएनन्। उनीहरुले मत नदिदा ओलीको पक्षमा ९३ सांसद्ले मत आएको थियो।

 

भर्खरै प्रकाशित

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…