ओलीलाई अझै पनि नयाँ दिल्लीको समर्थन रहेकाले भारतले नै ठाकुरलाई ‘तटस्थ’ बस्न सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सत्ता समीकरणका लागि यतिबेला रस्साकस्सी चलिरहेको छ । माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको समर्थनमा काँग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकार गठनको प्रयासमा छन् । तर, जसपा नेपालभित्रको अन्तरद्वन्द्वले देउवाको सत्तारोहण कठिन देखिन थालेको छ ।

भारतीय सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि नेपालमा अर्को राजनीतिक अस्थिरताको शुरुवात भएको विश्लेषण गरेको छ । पत्रिकाले एक सम्पादकीय लेख्दै भनेको छ, ‘वैकल्पिक सरकार गठनका लागि काँग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जसपा एक ठाउँमा आउन जरुरी छ । तर, जसपा यतिबेला विभाजित छ ।

महन्थ ठाकुरको नेतृत्वमा एक पक्षले यतिबेला ओली र देउवा दुवैसँग समदूरीमा बस्ने नीति अख्तियार गरेको छ ।’ पत्रिकाका अनुसार ओलीलाई अझै पनि नयाँ दिल्लीको समर्थन रहेकाले भारतले नै ठाकुरलाई ‘तटस्थ’ बस्न सुझाव दिएको हो ।

यदि बहुमतको सरकार बन्ने वातावरण तयार नहुने हो भने फेरि पनि ठूलो दलको हिसाबले राष्ट्रपति विद्यादेवि भण्डारीले पुनः ओलीलाई नयाँ सरकार बनाउन आह्वान गर्नेछिन् । यसरी ओली पुनः प्रधानमन्त्री बन्नेछन् ।

पत्रिकाका अनुसार भारतको समर्थन, जसपाको विवाद र देउवा (जो यतिबेला नेतृत्व लिँदा राजनीतिकरुपमा फाइदा हुनेबारेमा स्पष्ट छैनन्) को साथले फेरि पनि ओली नै शक्तिमा रहने प्रबल सम्भावना रहेको छ । तर, उनी कोरोनाको व्यवस्थापनमा गैरजिम्मेवार, पार्टीको आन्तरिक राजनीतिमा अलोकतान्त्रिक र अल्पसंख्यकको मामिलामा भेदभाव गर्ने गरेको सम्पादकीयमा भनिएको छ ।

पत्रिकाले सम्पादकीयमार्फत नयाँ दिल्लीलाई नेपालको आन्तरिक राजनीतिबाट एक कदम पछाडि हटेर ‘अर्गानिकरुपमा’ नेपालको राजनीतिलाई विकास हुन दिन र नयाँ सरकारमा जो आए पनि आफ्नो नजिकको छिमेकीलाई महामारीविरुद्ध लड्न मद्दत गर्नुपर्ने सुझाव दिएको छ ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…