ओमनबाट ६ सय अक्सिजन सिलिन्डर आउँदै

काठमाडौँ । गैरआवासीय नेपाली संघले ओमनबाट ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल पठाउने भएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेका बलो संघले सिलिन्डर पठाउने भएको हो ।

मस्कटस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन)का अध्यक्ष विकल झाका अनुसार सिलिन्डरको खरिद प्रक्रिया सुरु भइसकेको छ । ‘अक्सिजन सिलिन्डरका लागि अर्डर भइसकेको छ । कम्पनीले हामीलाई बिल पठाइसकेको छ । पहिलो किस्ताको रकम बुधबार नै भुक्तानी गर्छौं,’ उनले भने । एनआरएनले मस्कटस्थित अल हप्सी ट्ेरडिङ कम्पनीसँग सिलिन्डर खरिद गर्न लागेको हो ।

सिलिन्डरका लागि झन्डै ७५ लाख रुपैयाँ पर्ने उनले बताए । ‘खाडी क्षेत्रमा रहेका एनआरएनले आवश्यक रकम जुटाउने काम भइरहेको छ । नपुग रकम भने एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिले उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने ।

खरिद भएको सिलिन्डरलाई नेपाल पठाउनको लागि ओमनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्ने उनले वताए । ‘हामी खरिद गरेर दूतावासलाई दिन्छौं । दूतावासले नै आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाउनेछ,’ उनले भने ।

ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अक्सिजन सिलिन्डर पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्ससँग समन्वय भइरहेको बताइन् । ‘हामीले आइतबार नै नेपाल पठाउनका लागि आवश्यक समन्वय गरिरहेका छौं,’ उनले कान्तिपुरसँग भनिन् ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…