महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाईएमात्रै गठबन्धनको सरकार बनाउन जसपाका पाँच भाई तयार हुने !

२८ बैशाख , काठमाडौं। सत्ता समिकरणमा निर्णायक शक्ति बनेको जनता समाजवादी पार्टी, नेपाल यतिवेला दुई धारमा विभाजित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल भएपछि राष्ट्रपतिले बैशाख ३० गते साँझ ९ बजेसम्म बहुमतको सरकार बनाउनको लागि दलहरुलाई आह्वान गरेकी छिन् । जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने सवालमा नै विभाजित बन्यो । उपेन्द्र यादव पक्षले विपक्षमा मतदान गर्यो भने महन्थ ठाकुर पक्ष तटस्थ बस्यो ।

प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष यादवले संयुक्त हस्ताक्षरसहित धारा ७६ को २ अनुसार सरकार गठनको लागि राष्ट्रपतिल आह्वान गर्नुपर्ने वक्तव्य दिएका थिए ।

राष्ट्रपतिले देउवा, दाहाल र यादवले भनेझैं धारा ७६ को २ अनुसार नै सरकार गठनको लागि दलहरुलाई तीन दिनको समय दिएर आह्वान गरेकी छिन् । तर, जसपाका प्रथम अध्यक्ष महन्त ठाकुरले भने वकैल्पिक सरकार गठनमा पार्टी नलाग्ने भन्दै विज्ञप्ती नै जारी गरेका छन् । उनले राष्ट्रपतिलाई यसबारेमा पत्राचार गरिसकेका छन् ।

यादव भने कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार बनाउनुपर्ने पक्षमा छन् । त्यसको लागि उनले लामो समयदेखि गृहकार्यसमेत गरेका थिए । तर, अर्का अध्यक्ष ठाकुरको विज्ञप्तीले धारा ७६ को २ अनुसार सरकार बनाउन त्यति सहज भने तीन दललाई छैन् ।

आजमात्रै पनि देउवा, दाहाल र यादवबीच छलफल भएको थियो । देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा जसपाका अर्का अध्यक्ष ठाकुरलाई विश्वासमा लिनेबारे कुराकानी भएको एक नेताले जानकारी दिए ।

उता, तीन भाई छलफलमा जुटेको बेला यता ठाकुर भने आफ्ना पार्टीका शीर्ष नेताहरु राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव र शरदसिंह भण्डारीसँग छुट्टै छलफलमा थिए । उनीहरुबीच पनि सत्ता समिकरणको विषयमा छलफल भएको थियो । सेतकाअनुसार वैकल्पिक सरकार बनाउनको लागि जसपा नै निर्णायक शक्ति भएकाले बरु सरकारको नेतृत्व लिनेगरि गृहकार्य थाल्नुपर्नेबारे कुराकानी भएको थियो ।

पाँच भाईको छलफलमा ठाकुरलाई सरकारको नेतृत्व दिन कांग्रेस तयार भए पार्टीबाट एकमतले विपक्षी गठबन्धनको सरकार बनाउन निर्णय लिने सहमति भएको छ । बरु, यसको लागि देउवासँग प्रस्ताव गर्नुपर्ने पनि नेताहरुको भनाई थियो ।

कतिसम्म भने हिजो गणतन्त्र नेपालको प्रथम राष्ट्रपति मधेशबाट डा. रामबरण यादवलाई बनाएर कांग्रेसले मधेशप्रति ठूलो गुण लगाएकोले अहिले पनि कांग्रेसकै सहयोगमा ठाकुरलाई प्रधानमन्त्री बनाउने अवसर आएको छ भन्नेबारे नेताहरुबीच चर्चा चलेको थियो ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…