प्रधानमन्त्रीज्यू बिन्ती छ अक्सिजनको व्यवस्था गर्नेतर्फ लाग्नुहोस् : गगन थापा

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता गगन थापाले अरू सबै कुरा छाडेर अक्सिजनको व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामी र उनीहरूका आफन्तले दु:ख पाएको उल्लेख गर्दै थापाले अक्सिजन आपूर्ति तथा वितरणको गाँठो फुकाउनसमेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

मंगलबार एक भिडिओ जारी गर्दै थापाले जनताको जीवन जोगाउन तत्काल पहल गर्न अनुरोधसमेत गरेका छन्। आफूलाई अक्सिजनको व्यवस्थापनका लागि र शय्या खोजिदिन आग्रह गर्दै बिरामीका आफन्तहरूले बारम्बार फोन गरिरहेको तथा संक्रमितहरू दिनप्रतिदिन वृद्धि भइरहेकोले अक्सिजनलगायत व्यवस्थापन गर्न थापाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।

‘प्रधानमन्त्रीज्यू, अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदयविदारक अवस्था छ कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गाँठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु,’ थापाले भनेका छन्। नेपालमा मंगलबार ९ हजार दुई सयभन्दा बढी कोरोना संक्रमित थपिएका थिए भने १३९ जनाको मृत्यु भएको थियो।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…