‘हामी जटिल अवस्थामा छौँ, केही कुरा सरकारले चाहेर पनि गर्न सक्दैन’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोना भाइरस (कोभिड-१९) महामारीको जटिल अवस्थामा पुगेको बताएका छन्। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन्।

‘विगत एक वर्षदेखि कोभिडको सामना गरेका छौँ’, स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘तर, आज हामी विश्व समुदायसँगै जटिल अवस्थामा पुगेका छौँ।’कोरोनाको नयाँ स्वरुपका कारण अक्सिजनको माग बढेको र त्यो आधारमा पूर्ति हुन नसक्दा बिरामीले पीडा भोग्नु परेको उनको भनाइ छ।

‘कोरोनाको स्वरुपका कारण अक्सिजनको माग बढेकाले अक्सिजन उत्पादन क्षमता र मागको बीचमा अन्तराल आएको छ’, उनले भने, ‘जसले गर्दा बिरामीले अत्यधिक पीडा भोग्नु परेको छ। यसप्रति सरकार दुःखी भएको छ।’

भारतमा जस्तै नेपालमा पनि महामारी उकाले लागेको भन्दै उनले केही कुरा सरकारले चाहेर पनि गर्न सक्ने अवस्था नभएको बताए।

‘भारतमा जस्तै नेपालमा महामारी त्रमश उकालो लाग्दै गएको छ। कतिपय विषयमा चाहेर पनि सरकारले केही गर्न सक्ने अवस्था छैन। तर, सरकारले प्रयास गरिरहेको छ’, उनले भने।

मन्त्री त्रिपाठीले खोप खरिदममा अनियमितता नभएको दाबी गर्दै सोमबार संसदमा नेताहरुले झुटो बोलेको आरोप लगाए । सोमबार संसदमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा नेता उपेन्द्र यादवलगायतले खोप खरिदमा अनियमितता भएकोप्रति आपत्ति जनाएका थिए ।

त्रिपाठीले डेटा हेरेर बोल्न र त्यो डेटा दिन आफू तयार रहेको बताउँदै झुटो नबोल्न भनेका हुन् । ‘बोल्न त बोल्नु तर बुझेर बोल्नुहोस्’, उनले भने, ‘डेटा छैन भने हामी दिन्छौँ , अनर्गल र झुटा आत्मरतिका लागि नबोल्नुहोस् ।’

उहाँले सरकारले अहिलेसम्म २० लाख डोजमात्रै प्रतिडोज ४ डलरमा खरिद गरेको बताउँदै त्यसभन्दा कम कसैलै ल्याउन सक्छ भने सरकारले एक करोड डोज खरिद गर्ने जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…