अहिलेको अवस्थामा जसपा सरकारमा जाँदा मधेश आन्दोलनको मर्म र भावनाप्रतिकुल हुन्छ : ठाकुर

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकार गठनको प्रक्रिया आरम्भ गर्न आह्वान गरेपछि ठाकुरको प्रतिक्रिया आएको हो ।

केन्द्रीय अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिमा जसपा सत्ताप्राप्तिभन्दा पनि एजेन्डाको सम्बोधनको विषयमा केन्द्रित भएको बताएका छन् । उनले जसपा नेपाल केपी शर्मा ओली नेतृत्वको सरकार र वैकल्पिक सरकार दुवैमा सहभागी नहुने बताएका छन् ।

उनले अहिलेको अवस्थामै सरकारमा सहभागी हुनु भनेको पार्टीको उद्देश्य र मधेस आन्दोलनको मर्म र भावनाको प्रतिकुल हुने पनि बताएका छन् । साथै उनले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सकारात्मक ढंगले काम अगाडि बढाइरहेको पनि बताएका छन् ।

यसैबीच जसपाका स‌ंघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अहिले बल पार्टीहरुको कोर्टमा रहेको बताएका छन् । वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्ने पनि उनले बताएका छन् ।

उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘अब बल दलहरूको कोर्टमा आएको छ।प्रश्न एक थान सरकारको मात्र हैन;मुख्य प्रश्न लोकतन्त्रको रक्षागर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो।त्यसनिम्ति सबै संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठ्नैपर्छ।वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ!’

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझबाट लागू हुने गरी संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार निर्माणका लागि राजनीतिक दललाई बिहीबार साँझ ९ बजेसम्म दाबी पेस गर्न समयसीमा तोकिसकेकी छिन् ।

विपक्षी गठबन्धनले कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको प्रयास गरेका छन् तर बहुमत संख्या प्रस्ट नहुँदा वैकल्पिक सरकार बन्ने सुनिश्चितता भने देखिएको छैन ।

ओली पदमुक्त भएलगत्तै कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गठबन्धन सरकारका लागि संयुक्त प्रयास अघि बढाएका छन् । ओलीले विश्वासको मत गुमाउनासाथ देउवा, दाहाल र यादवले संयुक्त विज्ञप्तिमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकार निर्माणका लागि संविधानको धारा ७६ (२) को प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

राष्ट्रपतिले गठबन्धन सरकार निर्माणका लागि मौका दिएपछि विपक्षीलाई आफ्नो पक्षमा बहुमत जुटाउने चुनौती बढेको छ । एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूह वा जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई तान्न सकेमात्रै विपक्षी गठबन्धनमा बहुमत पुग्न सक्छ । खनाल–नेपाल समूहले ओलीलाई विस्थापित गर्न विपक्षी गठबन्धनलाई सघाउने भन्दै सोमबार विश्वासको प्रस्तावमाथिको मतदानमा पार्टी ह्वीप उल्लंघन गर्दै अनुपस्थित भएका थिए ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…