कुन धारा टेकेर सरकार गठनको आह्वान गर्ने ?, राष्ट्रपति परामर्शमा

राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ सरकार गठनको आह्वान गर्नुअघि परामर्शमा जुटेकी छिन् । ओली सरकारले विश्वासको मत गुमाएपछि काँग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव समूहले बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसँग आह्वान गरेका छन् भने एमालेले विपक्षीको बहुमत पुग्न नसक्ने जिकिर गर्दै ठूलो दलको हैसियतले फेरि आफ्नै नेतृत्वमा सरकार बन्ने बताउँदै आएको छ ।

यस्तै आजै प्रधानमन्त्रीसमेतले राष्ट्रपतिलाई भेटेका थिए भने लगत्तै राष्ट्रपतिले कानुनविद्सँग परामर्श थालेकी हुन् । शीतलनिवास स्रोतका अनुसार अब संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ अनुसार अगाडि बढ्ने भन्नेमा राष्ट्रपतिले परामर्श गरिरहेकी हुन् । कानुनविद्को रायका आधारमा उनले नयाँ सरकार गठनबारे आह्वान गर्ने शीतलनिवास स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै तीन दलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।

प्रधानमन्त्री पदमुक्त भएको पत्र शीतलनिवास पुग्यो

संसदको विश्वास गुमाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको संसद सचिवालयको पत्र सोमबारै राष्ट्रपति कार्यालय शीतलनिवासमा पुगेको छ ।

संसद सचिवालयको पत्र प्राप्त भएकाले अब राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेको शीतलनिवास स्रोतले बताएको छ ।

स्रोतले रातोपाटीसँग भन्यो ‘प्रधानमन्त्री ओली पदमुक्त भएको औपचारिक पत्र संसद सचिवालयबाट राष्ट्रपति कार्यालयमा आइपुगेको छ, सम्भवतः भोलि नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान हुन्छ ।’

राष्ट्रपति भण्डारीले दलहरूलाई बहुमत जुटाएर सरकार बनाउन आह्वान गर्ने शीतलनिवास स्रोतको दाबी छ ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…