नेपाल पक्षका सांसद बैठकमा अनुपस्थित भए कानुनअनुसार कारबाही हुन्छ: नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको संसद बैठकमा उपस्थित नहुने सांसदहरूलाई कानुनअनुसार कारबाही हुने बताएका छन्।

एमाले नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि सेतोपाटीसँग कुरा गर्दै नेम्वाङले बैठकमा उपस्थित नहुनु पनि ह्वीपको उल्लंघन भएको बताए।

‘आज सबै सांसदहरूलाई उपस्थित हुन र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप लगाइएको छ। बैठकमा अनुपस्थित हुनु भनेको पनि विपक्षमा मतदान गर्नुजस्तै हो,’ नेम्वाङले भने।

नेपाल पक्षका सांसदले उपस्थित नहुने निर्णय गरिसके अब उनीहरूलाई के कारबाही हुन्छ त भन्ने प्रश्नमा नेम्वाङले भने- अनुमानका भरमा अहिले कोही अनुपस्थित होला भन्न म सक्दिनँ। आजको बैठक कति महत्वपूर्ण छ भन्ने त कोरोना संक्रमित भएका सांसदलाई समेत टेन्टमा राखेर मतदानको व्यवस्था मिलाइएको छ।

उनले ह्वीप नमानेर अनुपस्थित हुने सांसदहरूलाई कानुनअनुसार कारबाही हुने बताए। ‘ह्वीप उल्लंघनलाई के कारबाही हुन्छ भन्ने कानुनमै छ। त्यहीअनुसार हुन्छ,’ उनले भने। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीबेर अघि सामाजिक सञ्जालमार्फत् असन्तुष्ट पक्षलाई सँगै बसेर छलफल गर्न आग्रह गरेका थिए।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…