राजीनामा दिँदा ओलीलाई झन सहज हुने देखियो, त्यसैले अनुपस्थित हुने भयाैं : मेटमणि चौधरी

काठमाडाैं । माधव नेपाल पक्षका नेता मेटमणि चौधरीले सांसद पदबाट राजीनामा दिँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झन सजिलो हुने देखेपछि अनुपस्थित हुने विकल्प रोजेको बताएका छन्।

सिंहदरबारमा भएको छलफलपछि बोल्दै चौधरीले आफूहरुले कुनै पनि रुपमा ओलीको बर्हिगमन चाहेकाले त्यसको विपक्षमा उभिनका लागि विश्वासको मतदान प्रक्रियामा सहभागी नहुने उनको जिकीर छ।

नेपाल पक्षका २५ जना उपस्थित नहुने उनले दावी गरे। ओलीको बहिर्गमन नै अहिले महत्त्वपूर्ण हो। हाम्रो पक्षका कुनै पनि सांसदको उपस्थिति हुदैन’, चौधरीले भने, ‘अविश्वासको प्रस्ताव सवैभन्दा उत्तम विकल्प भएकाले त्यसमा आफूहरुको सहयोग रहनेछ।’

ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएमा आफूहरु छलफल गर्न तयार रहेको उनले बताए। ‘उनको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता हुन्छ,’ उनले भने, ‘पार्टी फुटाउने वा अन्य कुनै नभई एमालेभित्र रहेर सर्घष गर्ने निर्णय अनुसार अनुपस्थित हुन लागेका हौं। ’

माधव समूहले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा निर्णय गरेका छन् । सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो।

त्यस्तै बैठकले आजको प्रतिनिधिसभा बैठकमा समेत उपस्थित नहुने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा सहभागि नरहने नेपाल समूहका सांसदहरुले बताएका छन् ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…