प्रधानमन्त्रीबाट ओलीलाई आजै बिदाइ गर्नुपर्ने भन्दै भट्टराईले औंल्याए चार कारण

काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सोमबार संसद्‌मा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै बिदाइ गर्नुपर्ने बताएका छन् । उनले विभिन्न चार कारण औंल्याउँदै ओलीलाई विश्वासको मत दिन नहुने जनाएका छन् ।

भट्टराईले सोमबार बिहान ट्विट गर्दै ओली सरकार कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको आरोप लगाएका छन् । त्यस्तै ओलीले संविधानविपरीत संसद् विघटन गरेर र दुई तिहाइनजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको, संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको र खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको भट्टराईले उल्लेख गरेका छन्

‘ओलीलाई आजै बिदाइ गर्नुपर्ने प्रमुख कारण: १. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको २.संविधानविपरीत संसद् विघटन गरेर र २/३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको; ३. संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको; ४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको !,’ उनले ट्विट गरेका छन् ।

जसपाको भट्टराई र उपेन्द्र यादव पक्षले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । महन्थ ठाकुर र राजेन्द्र महतोले पनि ओलीलाई विश्वासको मत नदिने बताइसकेका छन् ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…