ओलीको सम्झना भइरहनेछ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भोलिका दिनमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भइरहने बताएका छन् ।

लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन र सीके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना हुने उनको भनाइ छ । आइतबार ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।

“नाटकीय परिवर्तन भएन भने आज प्रम केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाउनुहुनेछ । आजै राजीनामा आउला । फेरि प्रम बन्न सक्नुहोला,” उनले लेखेका छन्, “जेहोस् अनेक विवाद÷असफलताका बाबजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखन्डनकारी सीके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहनेछ ।”

नयाँ सरकार गठनको यस्तो छ संवैधानिक व्यवस्था

आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विपक्षी दलको समेत मत पाउन कठिन छ । आज दिउँसो १ बजे बस्ने संसद बैठकमा ओलीले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । कुन–कुन पार्टी मिलेर विकल्पिक सरकार बन्छ भन्नेमा अझै अन्योल छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ मा बहुमत प्राप्त दलको नेतृत्वमा सरकार गठन हुने व्यवस्था छ । नेकपा एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको अध्यक्षको रुपमा ओली प्रधानमन्त्री बनेका थिए । तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएपछि एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएका थिए । अहिले माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेकाले ओली अल्पमतमा छन् ।

कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । धारा ७६ को उपधारा २ मा, लेखिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

उपधारा २ बमोजिम नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी र जसपा मिल्नुपर्छ । ओली र माधव नेपाल पक्षबीच कुरा मिल्यो भने पनि जसपाको साथ लिएर एमालेले सरकार गठन गर्न सक्छ । तर जसपा तटस्थ बसेमा त्यस्तो सम्भावना पनि रहँदैन ।

उपधारा दुई बमोजिम पनि सरकार गठन हुन नसकेमा उपधारा ३ बमोजिम अघि बढ्नुपर्ने हुन्छ । सो उपधारामा राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । धारा ७६ को उपधारा ३ सम्म पुग्नुपर्ने अवस्था आएमा र माधव–झलनाथ पक्षका सांसदहरुले राजीनामा नदिएमा १२१ सांसदहरु भएको एमालेले नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न पाउने छ । एमाले संसदीय दलको नेता केपी शर्मा ओली भएकाले पुनः उनी नै प्रधानमन्त्री बन्न सक्ने छन् ।

उपधारा ३ बमोजिम बनेका प्रधानमन्त्रीले ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ । सो बमोजिम विश्वासको मत प्राप्त गर्न नसके अन्य कुनै पनि नेताले विश्वासको मत पाउने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न पाउने छन् । संविधानको धारा ७६ को उपधारा ५ मा यो व्यवस्था छ । उपधारा ५ को व्यवस्था बमोजिम बनेको प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

यदि विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र निर्वाचन गर्ने गरी प्रतिनिधिसभा विघटन गर्नसक्ने संविधानमा व्यवस्था छ ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…