प्रधानमन्त्री पदमुक्त भएपछि दलहरूलाई नयाँ सरकार बनाउन राष्ट्रपतिले आह्वान गर्नुहुन्छ: नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नजुटेमा राष्ट्रपतिले संविधानअनुसार नयाँ सरकार बनाउन दलहरूलाई आग्रह गर्ने बताएका छन्।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने प्रस्ताव लैजाँदैछन्। नेकपा एमालेभित्रै विवाद रहेको र नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रले मत नदिने र जसपा तटस्थ बस्ने अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मतको जोहो गर्न गाह्रो हुने देखिएको छ।

एमाले नेता माधव नेपाल पक्षले आफूहरूका माग सम्बोधन नभए सामूहिक राजीनामा दिने बताइरहेका छन्। यस्तो अवस्थामा प्रधानमन्त्रीले यदी विश्वासको मत लिन नसकेमा राष्ट्रपतिले दलहरूलाई नयाँ सरकार बनाउन समय दिने नेता नेम्वाङ बताउँछन्।

‘प्रधानमन्त्रीले यदी विश्वासको मत नपाएमा अर्को सरकार नबनुन्जेल यही सरकार रहनु स्वभाविक प्रक्रिया हो,’ नेम्वाङले सेतोपाटीसँग भने, ‘त्यसपछि राष्ट्रपतिले संविधानअनुसार दलहरूलाई नयाँ सरकार बनाउन आह्वान गर्नुहुन्छ।’

विश्वासको मत नपाएपछि प्रधानमन्त्री पद रिक्त हुने भन्दै उनले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिइरहनु नपर्ने पनि बताए। ‘विश्वासको मत नपाएपछि स्वत पद रिक्त हुन्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाए संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलको सरकार गठन गर्ने गरी राष्ट्रपतिले दलहरूलाई आह्वान गर्न सक्नेछिन्।

भर्खरै प्रकाशित

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…