आइफोन–१३ यसपालि चाँडै सार्वजनिक हुने!

आइफोन–१२ सार्वजनिक भएको छ महिनाभन्दा बढी भइसक्यो। अहिले कम्पनी नयाँ आइफोन–१३ उत्पादन गर्ने तयारीमा लागिपरेको छ।

एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार प्रयोगकर्ताले अब चार संस्करणको नयाँ आइफोन किन्न सक्नेछन्, जसमा आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक हुनेछ।

बजारमा आइफोन–१३ को चर्चा बढिरहे पनि कम्पनीले यी उपकरण कहिले सार्वजनिक गर्नेछ भन्नेबारे कुनै आधिकारिक जानकारी आएको छैन।

गत अप्रिलमा आयोजित एप्पलको यस वर्षको पहिलो कार्यक्रममा नयाँ आइप्याड, आइम्याक, बैजनी रङको आइफोन–१२ र एयरट्याग सार्वजनिक भएको थियो। त्यसलगतै कम्पनीले आफ्ना उपकरणका लागि नयाँ संस्करण आइओएस १४।५ पनि ल्याएको थियो, तर यसबीच आइफोन–१३ सार्वजनिक हुने कुनै संकेत देखिएन।

एप्पलले प्रायः आफ्ना नयाँ आइफोन सेप्टेम्बरतिर सार्वजनिक गर्छ। तर कोरोनाले विश्वव्यापी बजारमा पारेको प्रभावको कारण सन् २०२० मा कम्पनीले आइफोन–१२ अक्टोबरतिर रिलिज गरेको थियो। यो वर्ष भने नयाँ आइफोन–१३ को सार्वजनिक मिति एप्पलले पुरानै समय अनुसार गर्न सक्ने सिनेटले बताएको छ।

विश्लेषक मिङ–ची कुओले आइफोन–१३ सेप्टेम्बरको अन्ततिर सार्वजनिक हुने सक्ने अनुमान गरेका छन्। डिगीटाइम्सको रिर्पोटका अनुसार भने नयाँ आइफोनका चिप्स उत्पादन बन्न अझै केही समय लाग्नेछ। यसले गर्दा आइफोन–१३ बजारमा उपलब्ध हुन ढिला पनि हुनसक्छ।

यदि आइफोन–१३ का यी खबर सत्य भएमा प्रयोगकर्ताले सो उत्पादनको झलक सेप्टेम्बरको तेस्रो हप्तातिर पाउने सिनेटले लेखेको छ।

 

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…