मुख्यमन्त्री गुरूङले राजीनामा दिएपछि कांग्रेसले भन्यो- अब हामी बनाउँछौं नयाँ सरकार

गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अल्पमतमा परेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएको बताएका छन्। ‘उहाँलाई अल्पमतमा परेछु भन्ने बल्ल लागेछ, त्यही भएर राजीनामा आयो’, उनले सेतोपाटीसँग भने, ‘तीन दिनभित्र हामी नयाँ सरकार बनाउँछौं।’

मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन्।

विपक्षी दलका नेता नेपालीले संसदको विशेष अधिवेसन मुख्यमन्त्री गुरुङको राजीनामासँगै निस्कृय भएको बताए। ‘मुख्यमन्त्रीले राजीनामा दिनुभयो, अब विशेष अधिवेसन निस्कृय भयो’, उनले भने।

संसदको हिउँदे अधिवेसन चल्दाचल्दै अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले बैशाख १ गते प्रदेश सभाको अधिवेसन अन्त्य गरिदिएका थिए।

बैशाख २ गते अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका विपक्षी दलहरुले त्यही प्रयोजनका लागि संसदको विशेष अधिवेसन आह्वान गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका थिए।

सोही निवेदनका आधारमा बैशाख १३ गतेदेखि संसदको विशेष अधिवेसन चलेको थियो।विशेष अधिवेसनमा बैशाख १५ गते अविश्वास प्रस्तावमाथि छलफल गरेर मतदानमा लैजाने कार्यसूची थियो। त्यही दिन राष्ट्रिय जनमोर्चा सांसद खिमबिक्रम शाही सम्पर्कविहिन भएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए।

जनमोर्चा सचेतक पियारी थापाले आफ्ना सांसद बेपत्ता भएको भन्दै संसद बैठक रोकेर शाहीको जीवनरक्षा गर्न र सार्वजनिक गर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएकी थिइन्।

सोही निवेदनका आधारमा सभामुख अधिकारीले सदन स्थगन गरेका थिए। कार्यसूची अनुसार सदन अघि नबढाएको भन्दै एमाले साँसदहरु आक्रोशित बनेका थिए। स्थगित सदन सुचारु गर्न बसेको दलहरुको बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार अविश्वास प्रस्तावमाथि मतदान अघि बढाउने निर्णय गरेको थियो।

सदनमा अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि नै मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै विपक्षी दलहरु नयाँ सरकार गठनको तयारीमा जुटेका छन्।

सोमबार हुने अविश्वास प्रस्तावमा मतदान गर्न आइतबार नै विपक्षी दलका सांसदहरु पोखराको होटलमा आएर बसेका थिए।अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्तावित नेपालीले अब आफूहरु बहुमत सांसदसहित सरकार गठन गर्नतर्फ जुटेको बताए।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…