गण्डकीमा १० दिन मन्त्री बनेका मनाङेको त्यो ‘भविष्यवाणी’

पोखरा : दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ गण्डकी प्रदेशमा आफैले गरेको भविष्यवाणीभन्दा १ दिन बढी मन्त्री भएका छन्। १६ वैशाखमा नियुक्ति र सपथपछि उनले सरकार १० दिनभन्दा बढी नटिक्ने प्रतिक्रिया दिएका थिए। जसै सोमबार उनी मन्त्री बनेको ११ दिनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँग राजीवको मन्त्री पद पनि गएको छ।

मन्त्री भएपछि राजीवले, ‘यो सरकार १० दिन पनि टिक्दैन, तर म जति बस्छु, राम्रो गर्छु।’ यसबीचमा उनले प्रदेश खेलकुद परिषद भवनको शिलान्यास गर्न भ्याए। बधाई थापे, बैठकहरुमा सहभागी भए। त्यतिमै उनको कार्यकाल बित्यो।

२ वैशाखमा आफूविरुद्ध दर्ता अविश्वास प्रस्तावमा मत विभाजन हुने भनेर निर्धारित १५ गते राजीव संसदमा अनुपस्थित भएको भोलिपल्ट मुख्यमन्त्रीले उनलाई मन्त्री बनाएका थिए।

पहिला ७ सदस्यीय मन्त्रिमण्डल विस्तार भएर ८ जनाको भएको थियो। स्वतन्त्र हैसियतका सांसद राजीवले अविश्वास प्रस्तावको पक्षमा मतदान गरी विपक्षी गठबन्धनको मन्त्री बन्ने सम्भावना अन्त्य गर्न मुख्यमन्त्री गुरुङले उनलाई मन्त्री बनाएका थिए।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…