विज्ञहरु भन्छन्, यसरी हावाबाट पनि सर्नसक्छ कोरोना

वासिंटन । विज्ञहरुका अनुसार कोरोनाभाइरसको संक्रमण हावाको माध्यमबाट पनि फैलन सक्छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी) ले गरेको अनुसन्धानबाट यस्तो पुष्टि भएको हो । हावाका कारण कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको सीडीसीको भनाइ छ ।

बेलायत, अमेरिका र क्यानडाका ६ सदस्यीय विज्ञहरूको टोलीले गरेको अध्ययन अनुसार यस्तो तथ्य भेटिएको हो । उनीहरुका अनुसार सास लिँदा निस्कने मसिनो थोपा वा र्‍यालको अंशका रूपमा हावामा भएको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रवेश गर्नसक्छ ।

साथै भाइरसले आफैंलाई धेरैपटक परिवर्तन समेत गर्न सक्छ । सीडीसीका अनुसार मानिसले सास छोड्दा वा कसैसँग बोल्दा व्यक्ति नजिकको सतह वा हावामा भाइरस मिसिन्छ र केही घण्टासम्म सक्रिय रहन्छ ।

तर ६ फिटको दूरीमा बस्दा भाइरसले प्रभावित गर्न नसक्ने सीडीसीको भनाइ छ । तर लामो समय घरबाहिर बस्ने मानिसमा हावाको माध्यमबाट भाइरस प्रवेश गर्न सक्ने र वरपरको मानिसलाई शिकार बनाउने विज्ञहरुले बताएका छन् । २०१९ मा चीनबाट सुरु भएको कोरोनाभाइरस विभिन्न भेरिएन्टको रुपमा अझै सक्रिय रहँदैआएको छ ।

यो पनि पढ्नुहोस्  : अक्सिजन चाहिए यी नम्बरमा फोन गर्नुहोस्

सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

उनका अनुसार कार्यदलमा गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एकएक चिकित्सक रहनुभएको छ । कार्यदलले अस्पतालमा सङ्क्रमितका लागि अक्सिजन उपलब्ध गराउने छ ।नेपालमा अहिले अक्सिजन सिलिण्डर छ हजार २८८ रहेको र दैनिक एक हजार ४११।५ लिटर खपत भइरहेको जनाइएको छ । सरकारले अक्सिजन अभाव हुन नदिन चीन सरकारबाट खाली अक्सिजनका २० हजार सिलिण्डर ल्याउन थालेको छ ।

यी नम्बरमा फोन गर्नुहोस्

सर्वसाधारणलाई कोभिड–१९ महामारीमा कुनै समस्या भए केन्द्रले तीन हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ । उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार पाण्डेका अनुसार सर्वसाधारणलाई ०१–४२७१७३०, ०१–४२८६६६० र टोलफ्री नम्बर ११४० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…