भोलिबाट ओली सरकार जिम्मेवारीमुक्त हुन्छ, केही दिनमै बहुमतको सरकार : श्रेष्ठ

गोरखा — माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिबाट केपी ओली नेतृत्वको सरकार जिम्मेवारीमुक्त हुने बताएका छन् । गृहजिल्ला गोरखामा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै श्रेष्ठले सोमबार सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने दावी गरे ।

केही दिनमै बहुमतको नयाँ सरकार बन्ने पनि उनले बताए । ‘माओवादी, नेपाली कांग्रेसलगायतका पार्टीहरुले विश्वासको मत नदिने निर्णय गरेका छौं,’ उनले भने, ‘सरकारको अहिलेसम्मको प्रतिगमनकारी र निरंकुशतावादी प्रवृत्ति, राष्ट्रिय स्वाधिनतामा सौदाबाजी, सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियामा अत्यन्तै छिपछिपेपन, कोरोना महामारी नियन्त्रणमा देखिएको नालायकीपन र असक्षमता, अध्यादेशबाट शासन गर्ने शासकीय शैली छ । यो सबै कोणबाट हेर्दा यो सरकारले विश्वासको मत प्राप्त गर्न सक्दैन, भोलिका दिनबाट यो सरकार जिम्मेवारीबाट मुक्त हुन्छ ।’

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने स्थिति नरहेको उनले बताए । बहुमत सांसदहरुलाई प्रतिनिधित्व गर्ने पार्टीहरुको सहमतिमा बहुमतको सरकार बन्ने उनले बताए । ‘अहिलेको स्थितिमा नेपाली कांग्रेसको तर्फबाट संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउने स्थिति छ,’ उनले भने ।

उनले लुम्बिनी सरकार अवैधानिक रहेको भन्दै अवैधानिक तवरले बलजफ्ती सरकार चलाउने काम भइरहेको बताए ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…